ग्यास उद्योगीहरुलाई कारवाही गर्न सरकार तयार रहेको दाबी

२९ श्रावण २०६९, सोमबार १६:४६ मा प्रकाशित

काठमाडौं, २९ साउन । बाणिज्य विभागका महानिर्देशक नारायणप्रसाद विडारीले ग्यास उद्योग संघले अगाडि सारेको नाजायज माग छाडेर तत्काल सहमतिमा नआए कानून अनुसार कारवाही गर्ने चेतावनी दिएका छन् । सोमबार आयोजित साक्षात्कार कार्यक्रममा महानिर्देशक विडारीले ग्यासमा कार्टेलिङ हुने, मुनाफा बृद्धि र दुई रंगको सिलिण्डर बनाउन सम्भव नरहेकोसहितका उपभोक्ता हित र प्रतिष्पर्धात्मक बजारलाई कमजोर बनाउने उद्योगीका माग कुनै पनि हालतमा पुरा नहुने भन्दै ती माग छाडेर छिट्टो सहमतिमा नआए कारवाही गर्ने चेतावनी दिएका हुन् ।
उनले भने– सेण्डिकेट र कार्टेलिङ हुने गरी अगाडि सारेका चारवटा माग पुरा हुने वाला छैनन् । घरायसी र ब्यवसायिक क्षेत्रको लागि अलग–अलग हुने गरी दुई रंगको सिलिण्डर बनाउने कुरा उद्योगीले मानेका छैनन्, यी माग पुरा हुँदैनन् ।
उद्योगीहरुले नयाँ उद्योग खोल्न संघको सिफारिस अनिवार्य हुनु पर्ने, ग्यासमा पीडीओको लागी संघको सिफारिस अनिवार्य हुनु पर्ने, ग्यासको कोटा संघको सिफारिसमा निर्धारण गर्नुपर्ने, प्रत्येक सिलिण्डरमा २ सय १३ ग्राम ग्यास कम भए त्यसलाई स्विकार्नु पर्ने र मुनाफामा पांच प्रतिसत बृद्धि गर्नुपर्ने जस्ता माग राखेर उत्पादन बन्द गराएका छन् ।
साक्षात्कारमा उपभोक्ता हित संरक्षण मन्चका महासचिव ज्योती बानियाँले सर्वोच्च अदालतको आदेश र विद्यमान कानूनमा बन्द हडताल गरेर अध्यावश्कीय बस्तुको वितरणमा प्रभाव पार्न नहुने स्पष्ट ब्यवस्था हुंदाहुंदै उद्योगीहरुले बन्द गरेर माग अगाडि सारेकोले सरकारले कारवाही गर्नु पर्ने धारणा राखे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार