नवलपरासीको सामुदायिक पुस्तकालयलाई अन्तराष्ट्रिय पुरस्कार

२९ श्रावण २०६९, सोमबार १६:३२ मा प्रकाशित

रुपन्देही, २९ साउन । नवलपरासीको डण्डामा रहेको अग्यौली सामुदायिक स्रोत पुस्तकालयले ईआईएफएल पिएलआईपि ईन्नोभेसन अवार्ड प्राप्त गरेको छ । एरिया महाद्धिपमा पर्ने मुलुकहरुमध्ये उत्कृष्ट पुस्तकालय को रुपमा चयन भएपछि यो अवार्ड प्राप्त गरेको आज डण्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। ईन्फरमेसन अफ कम्युनिकेसन टेक्नोलोजिक को उपयोग गरी सृजनात्मक सामुदायिक विकासमा राम्रो कमा गरे वापत संस्था पुरस्कृत भएको संस्थाका अध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिनुभयो । स्थापनाको एक दशकको अवधिमा अन्र्तराष्ट्रिय स्तरको अवार्ड संगै एक हजार ५ सय अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गरेको छ । संस्थाले म्याडिक्ट प्रोजेक्ट मार्फत अग्यौली र देउराली गाविसमा शिक्षा, जिविकोपार्जन, सुचना प्रविधिमा पहुँच र संस्थागत सरलिकरण जस्ता कार्यक्रम गर्दै आईरहेको छ ।

चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी