शिक्षकको माग गर्नेले क्याम्पसमा आगो लगाए

२९ श्रावण २०६९, सोमबार १४:०३ मा प्रकाशित

बाग्लुङ, २९ साउन । पटक पटक क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि शिक्षकको व्यवस्था नगरी पढाईमा बेवास्ता गरेको भन्दै धौलागिरी बहुमखी क्याम्पस बाग्लुङका बिबिएस दोस्रो बर्षका विद्यार्थीले क्याम्पसमा तोडफोड र आगजनी गरेका छन्। आज बिहानै क्याम्पसपरिसरमा आक्रोस प्रदर्शन गर्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनका टेवुल, कुर्ची लगायतका सामाग्री बाहिर निकालेर आगो लगाएका थिए। सो क्रममा कुटपिट पनि चलेको र केही विद्यार्थी घाइते भएको बताइएको छ । उदण्ड विद्यार्थीको तोडफोडबाट करिव दुई लाख रुपैयाँको क्षति भएको क्याम्पस प्रमुख आनन्द सिलवालले जानकारी दिए त घटनामा कुनै विद्यार्थी संगठनको संलग्नता नभएको उनले जनाए । शिक्षकको व्यवस्था गरेर समय तालिका निकाल्ने तयारी भइरहेको जनाउंदा जनाउंदै पनि
उच्छृङ्खल विद्यार्थीले प्रशासनबाट कुर्ची निकालेर आगो लगाएको भन्दैव्यवस्थापनका विभागीय प्रमुख याम प्रसाद शर्माले दुखेसो गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले विनियोजन विधेयक प्रमाणिकरण गरेकी छन् । संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति भण्डारीले