नेपाली तिर्थयात्रु सवार बस भारतमा दुर्घटना, सातको घटनास्थलमै मृत्यु तीनदर्जन घाइते

२९ श्रावण २०६९, सोमबार १३:२१ मा प्रकाशित

काठमाडौं, २९ साउन । भारत विहारको सीतामढीनजिक सुरसण्डमा आज बिहान भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु भएको छ । नेपाली तिर्थयात्री चढेको बस दुर्घटना हुंदा ३२ जना घाइते भएनेपाली तिर्थयात्रु सवार बस भारतमा दुर्घटना, सातको घटनास्थलमै मृत्यु तीनदर्जन घाइते काठमाडौं, २९ साउन । भारत विहारको सीतामढीनजिक सुरसण्डमा आज बिहान भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु भएको छ । नेपाली तिर्थयात्री चढेको बस दुर्घटना हुंदा ३२ जना घाइते भएका छन् । दुर्घटनाग्रस्त बस भारतको झारखण्डमा रहेको बाबाधाम तिर्थस्थलमा जल चढाएर नेपाल फर्किंदै गरेका यात्रु बोकेर आएको र भारतको सितामाढी जिल्लाअन्तर्गत सुरसण्ड थाना क्षेत्रको सडकखण्डमा सुरसण्ड पुल पार गर्न लाग्दा नदीमा खसेको हो । दुर्घटनामा परी दुई महिला तथा पाँच पुरुषको घटनास्थलमै ज्यान गएको बताइएको छ । ज १ ख ६७८ नम्बरको सो बस एक साताअघि धनुषाको सवैलाबाट बैद्यनाथधाममा तिर्थयात्री लिएर गएको थियो । भर्खरै बनेको सो पुल सुचारु नएकोले चालकले अगाडी बाटो बन्द देखेपछि पछाडि फर्काउन खोज्दा बस असन्तुलित भएर तल नदीमा खसेको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा अरुण यादव, मनोज राय, प्रेमशिला देवी, बिल्टुन देवी, बसीन्द्र यादव, धर्मनाथ यादव, रामदयाल यादव रहेका छन् । घाइते हुनेहरुमध्ये २३ जनाको उपचार भारतको सितामढी जिल्ला अस्पतालमा भइरहेको छ भने १३ जनाको महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सोमारीदेवी, राधेश्याम राय, सुवास राय, शिवशक्ति देवी, उमर देवी, फगुनी देवी लगायतकाहरुको भारतमा उपचार भइरहेको छ भने राजवति देवी, लक्ष्मेश्वर साह, गौरी देवी राय, पारो देवी मण्डल, प्रमिला देवी, सुमन कुमारी तथा रामकुमारी लगायतका घाइतेहरुकोे उपचार जिल्ला अस्पताल जलेश्वर महोत्तरीमा भइरहेको छ । का छन् । दुर्घटनाग्रस्त बस भारतको झारखण्डमा रहेको बाबाधाम तिर्थस्थलमा जल चढाएर नेपाल फर्किंदै गरेका यात्रु बोकेर आएको र भारतको सितामाढी जिल्लाअन्तर्गत सुरसण्ड थाना क्षेत्रको सडकखण्डमा सुरसण्ड पुल पार गर्न लाग्दा नदीमा खसेको हो । दुर्घटनामा परी दुई महिला तथा पाँच पुरुषको घटनास्थलमै ज्यान गएको बताइएको छ । ज १ ख ६७८ नम्बरको सो बस एक साताअघि धनुषाको सवैलाबाट बैद्यनाथधाममा तिर्थयात्री लिएर गएको थियो । भर्खरै बनेको सो पुल सुचारु नएकोले चालकले अगाडी बाटो बन्द देखेपछि पछाडि फर्काउन खोज्दा बस असन्तुलित भएर तल नदीमा खसेको प्रत्यक्षदर्शीको भनाई छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा अरुण यादव, मनोज राय, प्रेमशिला देवी, बिल्टुन देवी, बसीन्द्र यादव, धर्मनाथ यादव, रामदयाल यादव रहेका छन् । घाइते हुनेहरुमध्ये २३ जनाको उपचार भारतको सितामढी जिल्ला अस्पतालमा भइरहेको छ भने १३ जनाको महोत्तरीको जलेश्वर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु सोमारीदेवी, राधेश्याम राय, सुवास राय, शिवशक्ति देवी, उमर देवी, फगुनी देवी लगायतकाहरुको भारतमा उपचार भइरहेको छ भने राजवति देवी, लक्ष्मेश्वर साह, गौरी देवी राय, पारो देवी मण्डल, प्रमिला देवी, सुमन कुमारी तथा रामकुमारी लगायतका घाइतेहरुकोे उपचार जिल्ला अस्पताल जलेश्वर महोत्तरीमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्‍वप्रकाश शर्माले स्थानीय तह निर्वाचनको परिणाम ‘उत्साहजनक’ आएको बताएका छन् । परिणाम उत्साहजनक आउनुलाई उनले

बुटवल । स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका ७१ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । लुम्बिनीका १०९ पालिका मध्ये ७१

लमजुङ । लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै