नक्कली नेपाली नोटको जालो फैलिंदै

२९ श्रावण २०६९, सोमबार १०:३४ मा प्रकाशित

काठमाडौं, २९ साउन । पछिल्ला ६ वर्षमा झन्डै आधा करोड नक्कली नेपाली रुपैयाँ बरामद भएको तथ्याङ्क नेपाल प्रहरीले सार्वजनिक गरेको छ । नेपाली भूमि भारतीय नक्कली नोट कारोबारीको ‘ट्रान्जित प्वाइन्ट’ बन्दैआएको आरोप मुलुकले खेपिरहेका बेला यसरी नक्कली नेपाली रुपैयाँकै कारोबार व्यापक देखिनु अत्यन्त गम्भीर विषय हो ।
विशेषगरी चाडर्पवका बेलामा यस्ता नोटको कारोबार बढ्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान र्कायालयले उपलब्ध गराएको तथ्यांकअनुसार २०६३ सालदेखि अहिलेसम्म ४७ लाख १९ हजार ७ सय २० रुपैयाँ नक्कली नोट बरामद भएको छ भने त्यस्ता करिब ३ दर्जन कारोबारी प्रहरी नियन्त्रणमा आएका छन् । प्रहरीले २०६६ कात्तिक २० गते काठमाडौंको माछापोखरीबाट सबैभन्दा बढी १३ लाख ३४ हजार नक्कली नेपाली रुपैयाँ बरामद गरेको थियो । काठमाडौंकै कविता बर्मा साखबाट नेपालीसहित २७ लाख ३२ हजार ५ सय भारतीय नक्कली रुपैयांसमेत बरामद भएको थियो । यस्तै २०६६ जेठ ४ गते काठमाडौंकै तीनकुनेबाट रविमान श्रेष्ठ ६ लाख ५५ हजार नेपाली नक्कली रुपैयाँसहित पक्राउ परेका थिए ।
प्रहरीका अनुसार फाट्टफुट्ट रुपमा भेटिने नोट कलर फोटोकपी मेसिनमा प्रिन्ट गरेर तयार पारिएको देखिन्छ । अलि ठूलै मात्रामा भेटिने नोट भने छिमेकी मुलुकमा बनाएर नेपालमा ल्याइने गरेको छ । प्रहरी प्रवक्ता डीआईजी विनोद सिंहले भारतीय नोटको तुलनामा नेपाली नक्कली नोट कमै मात्रामा बरामद हुने बताए । उनका अनुुसार तराईका जिल्लामा नेपाली नक्कली नोटको बिगबिगी छ । अझ चाडर्पवका बेलामा नक्कली रुपैयाँ बढी भेटिन्छ । चाडबाडमा सामान खरिद बिक्र िबढी हुने भएकाले त्यसको मौका छोप्दै कारोबारीले बजारमा त्यस्ता नोट निकाल्ने गरेको डिआइजी सिंहले बताए ।
संगठित रुपमा कारोबार गरेर नेपालको अर्थतन्त्रलाई असर पार्ने उद्देश्य नभई व्यक्तिगत फाइदाका लागि कारोबार गर्ने गरेको प्रहरीको कथन छ । नक्कली नोट सबैभन्दा बढी काठमाडौंमा बरामद भएकाले खुला सिमानाको फाइदा उठाएर तराईका जिल्ला हुँदै मुख्य व्यापारिक केन्द्र काठमाडौंमा नोट भित्र्याइएको प्रहरीको भनाइ छ । नोट पूर्वी पहाडी जिल्ला पाँचथरदेखि कास्की, गोरखा, बागलुङ लगायतका पहाडी जिल्लामा समेत भेटिएका छन् । नक्कली र सक्कली नोट थाहा पाउन सर्वसाधारणलाई गाह्रो पर्ने हुनाले सर्वसाधारण धेरै मात्रामा ठगिन सक्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार