कांग्रेस सभापति कोइरालाको प्रश्न– ‘प्रचण्ड कसका ठेकेदार ?’

२९ श्रावण २०६९, सोमबार १०:२७ मा प्रकाशित

काठमाडौं, २९ साउन । विभिन्न समयमा भएका सहमतिहरु बिर्संदै एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न नदिने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा सरगर्मी बढेको छ । प्रचण्डको उक्त अभिव्यक्तिप्रति नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले आक्रोश व्यक्त गर्दै प्रश्न गरेका छन्– ‘प्रचण्डलाई सरकार कसको नेतृत्वमा बनाउने भन्ने ठेक्का कसले दिएको छ ? उनी कसका ठेकेदार हुन् ?’
नेपाल प्रेस युनियन चितवन शाखाले आइतबार नारायणगढमा आयोजित एक कार्यक्रममा मन्तव्य दिने क्रममा कोइरालाले शान्तिपूर्ण राजनीतिमा माओवादी आएको भनिएको ६ वर्ष पिनि बतिसक्दा शान्ति र सहमति निमाृण हुन नसक्नुमा जर्बजस्ती सत्ता कब्जा गर्ने माओवादकिो दुर्उद्देश्य नै जिम्मेवार रहेको दाबी गरे । एमाओवादीले त्यस्तो सोच नत्यागेसम्म सहमति हुन नसक्ने कोइरालाको कथन थियो ।
माओवादीले सधैं व्यवधान मात्रै खडा गर्ने नियत राखेको स्पष्ट पार्दै कोइरलाले आफूले दिक्क भएर एकपटक दाहाललाई ‘ल तपाईंहरु फेरि पनि बन्दुक बोकेर आउनुस र मलाई पनि मार्नुस्’ भनेको खुलासा गरे ।
आफूहरु विचारको राजनीति गर्ने भएकाले बन्दुकसंग नडराउने सभापति कोइरालाको स्पस्टोक्ति थियो । उनले भने– ‘उनीहरुले बेइमानी गरे पनि, नियतवश हामीलाई रिस उठाए पनि हामीले वार्ता र सहमतिको प्रयास छाडेका छैनौं, तर उनीहरु भने अझै पनि धम्की मात्रै दिइरहेका छन् ।’ आफ्ना अविश्वसनीय अभिव्यक्ति र क्रियाकलापका कारण प्रचण्डको कद माओवादीभित्रै पनि होचो बन्दै गएको आफूले महसुस गरेको बताउंदै कांग्रेस सभापति कोइरालाले धमकी र घर्की छोडेर रुजनीतिमा इमानदारीका साथ प्रस्तुत हुन प्रचण्डलाई सुझाव पनि दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालगन्ज । बाँकेको भेरी अस्पतालमा १९० नमुना परीक्षण गर्दा ५५.७८ प्रतिशतमा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा १९०

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड–१९) को समस्या समाधानका लागि सबै दलसँग सहयोगको आग्रह गरेका छन् । प्रधानमन्त्री