युनिटी प्रकरणका अभियुक्तलाई साढे दश अर्बको मुद्धा

२८ श्रावण २०६९, आईतवार २१:२७ मा प्रकाशित

काठमाडौं, २८ साउन । ठगी, बैंकिङ कसुर र राजस्व छलीको आरोपमा पक्राउ परेका युनिटी लाईफ इन्टरनेशनलका अध्यक्ष प्रसाद भनिने काशी गुरुङलाई मुद्दाको अन्तिम किराना नलाग्दासम्म थुनामा राख्न जिल्ला अदालत ललितपुरले आदेश दिएको छ । गुरुङमाथिको थुनछेक बहसपछि अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।
गुरुङ सहित युनिटी सञ्चालक विरुद्ध जिल्ला अदालत ललितपुरमा तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको ठगी अभियोग, तीन अर्ब ७९ करोड ९८ लाख ७० हजार रुपैंया विगोको बैंकिङ कसुर अभियोगका साथै राजस्व र आयकर छलेको अभियोगमा दुई अर्ब ५७ करोड रुपैंयाको मागदावी सहित मुद्दा दायर भएको छ । युनिटी प्रकरणपछि २६ महिना फरार गएका गुरुङ गतसाता पूर्वी नेपालको सिमावर्ती क्षेत्रमा पक्राउ परेका थिए ।
जिल्ला अदालतको आदेशविरुद्ध गुरुङ पुनरावेदन अदालतमा जान सक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका