नेविसंघको महाधिवेशन माघ पहिलो साताभित्र हुने

२८ श्रावण २०६९, आईतवार १६:३८ मा प्रकाशित

काठमाडौं, २९ साउन । आन्तरिक विवाद मिलेपछि नेपाल विद्यार्थी संघले आफ्नो महाधिवेशन माघको पहिलो साता गर्ने भएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा नेविसंघको महाधिवेशन मागको ५, ६ र ७ गते गर्ने निर्णय गरेको जानकारी दिएको छ । अधिवेशन हुने स्थानका बारेमा भने पछि टुङगो लगाइने छ ।
संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा समर्थक नेविसंघका नेताहरु वीच आन्तरिक विवाद मिले पछि माघको पहिलो साता महाधिवेशन गर्ने निर्णय भएको हो ।
संस्थापनले महाधिवेशन तोके लगत्तै देउवा पक्षका विद्यार्थीले पनि अलग महाधिवेशनको मिति घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । दुई समूहले अघिल्लो पटक घोषणा गरेका महाधिवेनको मिति खारेज भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९

काठमाडौं । नेपाली काँग्रेसले केही दिनमै केपी ओली नेतृत्वको सरकार विस्थापित हुने दावी गरेको छ । माओवादी केन्द्र र जसपासँगको

काठमाडौं । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत