कांग्रेसले पौडेललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सुजाताको दाबी

२८ श्रावण २०६९, आईतवार १५:५३ मा प्रकाशित

काठमाडौ, २८ साउन । नेपाली काग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले काग्रेसले भावी प्रधानमन्त्रीको रुपमा उपसभापति रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्ने खुलासा गरेकी छिन् ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा नेतृ कोइरालाले आगामि विहीबार बस्ने पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा सभापति सुशिल कोइराला स्वयमले उपसभापतिको नाम प्रस्ताव गर्ने खुलासा गरिन । उनले भनिन–सभापतिले पार्टीमा ध्यान केन्द्रीत गर्नु पर्छ । त्यसो गर्न नसके पार्टी ध्वस्त हुन्छ । बरिष्ठ नेता शेरबहादुर देउवा पार्टीको अभिभावक हुनु हुन्छ । अभिभावक पार्टीलाई बलियो बनाउन लाग्नु पर्छ । त्यसैले उपसभापति पौडेलेलाई अगाडि सार्नु सबैभन्दा उपयूक्त हुन्छ ।
नेतृ कोइरालाले उपसभापति पौडेलको नाममा आफ्नो पूर्ण समर्थन रहेको भन्दै पौडेललाई आफूले सघाउने घोषणा समेत गरिन ।  काग्रेसले प्रधानमन्त्रीको उमेदवारी तय नगर्दा मुलुकमा समस्या आएको दावी गर्दै उनले काग्रेसले छिट्टै प्रधानमन्त्रीको उमेदवारी सहमतिमा घोषणा गर्ने बताईन ।
सभापति वा बरिष्ठ नेता मध्ये कुनैको नाम घोषणा गरेर पछि प्रधानमन्त्री बन्न नसके पार्टी सकिने चेतावनी दिदै उनले नेपाली काग्रेसले समाप्त पार्ने षडयन्त्र भईरहेकोले सचेत हुन आग्रह पनि गरिन । कोइरालाले संविधान निर्माण गर्न नसकी विघठन भएको संविधानसभा पुर्नस्थापना गरिए मुलुक झनै ठूलो जटिलतामा फस्ने चेतावनी दिदै ताजा जनादेशकालागी तयार रहन सबैलाई आब्हान गरिन ।
एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नी सापकोटाले पाँच बुँदे सहमति अनुसार संविधानका विवादित विषयमा सहमति जुटाएर थोरै समयकोलागी संविधानसभा ब्यूताएर संविधान जारी गर्ने दिशामा अगाडि बढेमात्रै काग्रेसको नेतृत्वमा सहमतिको सरकार बन्ने स्पष्ट पारे ।
उनले मुलुक फेरि निर्वाचनमा जाने भए काग्रेसको नेतृत्वमा कुनै पनि हालतमा सरकार बन्न नसक्ने ठोकुवा गदै पाँच बुँदे सहमति अनुसार समाधान खोज्नु नै सबैभन्दा उपयूक्त विकल्प भएको बताए । सापकोटाले भने– पाँच बुँदे सहमति अनुसार शान्ति र संविधानका विषय टुङग्याउन सहमति नभए स्वतन्त्र ब्यक्तिको नेतृत्वमा सरकार बन्छ तर काग्रेसको नेतृत्वमा सरकार बन्दैन । हामि बन्न पनि दिदैनौ ।
साक्षात्कारमा नेकपा एमालेका सचिव यूवराज ज्ञावलीले माओवादीले सत्ता कब्जा गर्ने योजना स्वरुप संविधानसभा समयअघिनै विघठन गराएको आरोप लगाउँदै संविधानसभाको पुर्नस्थापना गरेर मुलुकलाई अगाडि बढाउन नसक्ने स्पष्ट पारे । उनले भने–ताजा म्याण्डेडमा जानुको कुनै विकल्प छैन । १ वर्ष संविधानसभा र ४ वर्ष संसदको रुपमा रहने गरी निर्वाचन गर्नु पर्छ । पुर्नस्थापना गरे फेरि पनि संविधानसभाको आयू लम्बिन्छ । त्यसैले निर्वाचनमा जानुको विकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन

काठमाडौं ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन सम्पन्न हुने चरणमा छ । अहिलेसम्म ६४ जिल्लामा वडा तहको अधिवेशन र

काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा दिनदिनै नाराबाजी गरेर निहुँ खोज्न थालेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘एक्सन’ थालेका छन्

काठमाडौँ । सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित