
काठमाडौं, २८ साउन । उपराष्ट्रपति परमानन्द झाले युवा जनशक्तिलाई राजनीतिमा नभई आर्थिक क्रान्तिमा सहभागि गराउनु पर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले राजनीतिक खिचातानीलाई छाडेर उत्पानशील क्षेत्रमा लगानी गर्नु पर्छ अनि मात्र देश विकास सम्भव हुने बताए ।
विदेश पलायन हुने युवालाई रोक्नसके मात्रै मुलुकको उन्नती र विकास सम्भव हुन्छ, उपराष्ट्रपति झाको भनाई थियो, विदेशीएका लाखौं युवालाई स्वदेशमा रोजगारी सृजना गर्न नसक्नु नेपालको प्रमुख चुनौती हो ।
युवा प्रतिभाको खोजीलाई संस्थागत गर्दै उनीहरूको ज्ञान, सीप र क्षमता उत्पादनशील क्षेत्रमा उपयोग गर्न समुचित लगानी गरिनुपर्ने औँल्याउनुभएको छ । युवामा सामाजिक–आर्थिक उद्यमशीलताको विकासका साथै युवा लक्षित सेवा, सुविधा र रोजगारलगायतका अवसरको वृद्धि गरी युवालाई विदेश पलायन हुनबाट जोगाउनु आजको चुनौती रहेको बताए ।
समाजमा विद्यमान गरिबी, अशिक्षा, छुवाछूत, जातीय विभेद, लैङ्गिक असमानताजस्ता कुरीति अन्त्यका लागि युवा परिचालन गर्न विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले निजी क्षेत्र, गैरसरकारी संस्था तथा स्थानीय निकायको सहकार्यमा युवालाई सामाजिक परिवर्तनका सम्वाहक शक्तिका रूपमा विकास गर्नेतर्फ सरकार क्रियाशील हुनुपर्ने बताए । हरेक तह र तप्काबाट प्रयास हुने हो भने नेपाली युवाको विकास र उनीहरुले सामना गरिरहेका समस्याको निराकरण हुन लामो समय लाग्दैन,’ उनले भने, ‘‘नेपालमा एक प्रकारले राजनीतिक क्रान्ति भई गणतन्त्रको स्थापना भइसकेको छ, अब नेपाली युवाको ध्यान आर्थिक क्रान्ति गरी देशलाई सम्पन्नतातर्फ उन्मुख गराउनेतर्फ जानु जरुरी छ ।’
मुलुकको आर्थिक समुन्नतिका लागि युवालगायत सम्पूर्ण नागरिक अनुशासित, इमान्दार र मिहिनेती हुनु अनिवार्य सर्त हो भन्दै उपराष्ट्रपतिले नेपाली युवा अझ बढी अनुशासित र परिश्रमी हुनु र युवाले गर्ने जस्तोसुकै सकारात्मक कामको पनि कदर गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय योजना आयोगका सदस्य अब्दुलरहिम मिकरानीले युवासम्बन्धी कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आइएको बताउँदै सामाजिक समृद्धिका वाहकका रुपमा युवालाई परिचालन गर्न सके मुलुकले छिट्टै समृद्धि हासिल गर्ने बताए ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले युवाको आधारभूत अधिकार प्रत्याभूति गर्दै उनीहरुलाई नेतृत्वदायी भूमिकामा स्थापित गराउने दीर्घकालीन सोचका साथ मन्त्रालयले ‘राष्ट्रिय युवा नीति–२०६६’ कार्यान्वयनमा ल्याइसकेको बताए ।
देशभित्रै पर्याप्त रोजगारी र अवसरको अभावमा बर्सेनि लाखौँ नेपाली युवा बिदेसिन बाध्य छन् । खाडीलगायतका अन्य मुलुकमा श्रमका लागि अहिले २० लाखभन्दा बढी युवा कार्यरत छन् । नेपालमा प्रतिवर्ष झन्डै चार लाख युवा श्रम बजारका लागि तयार हुन्छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी
बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा
साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न