प्रधानमन्त्री छान्न काँग्रेसले केन्द्रीय समितिको बैठक डाक्यो; उम्मेदवार तोक्ने सम्भावना क्षीण

२८ श्रावण २०६९, आईतवार ०८:१४ मा प्रकाशित

काठमाडौं, २८ साउन । वर्तमान राजनीतिक संकट निकासका सवालमा नेपाली कांग्रेसभित्र फरक–फरक दृष्टिकोण आइरहेका बेला एक ठोस तथा पार्टीको संस्थागत धारणा तय गर्ने उद्देश्यले कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । यही साउन ३२ गतेदेखि सुरु हुने बैठकले राजनीतिक गतिरोधको निकासका लागि निर्वाचन या संविधानसभा पुनस्र्थापना भन्ने विवादको समेत अन्त्य गर्ने सोच कांग्रेस नेतृत्वको रहेको बुझिएको छ ।
कांग्रेस कार्यकर्तास्तरबाटै महासमिति बैठकको माग उठिरहेको सन्दर्भमा केन्द्रिय समिति बैठकले महासमिति बैठकको तिथी तोक्ने सम्भावना रहेको छ भने निर्वाचन समिति, अनुशासन समिति र लेखापरीक्षण समिति बनाउनुका साथै विधान संशोधन र थप विभागहरु अनुमोदन गर्ने बैठकका एजेण्डा रहेको कांग्रेसका प्रवक्त दिलेन्द्रप्रसाद वडुले जानकारी दिएका छन् ।
केन्द्रीय समितिको बैठकले स्पष्ट ‘रोडम्याप’ तयार पारेर अघि बढ्ने विश्वास नेताहरुले राखेका छन् । बैठकले प्रधानमन्त्रीको उम्मेदवार अघि सार्ने निर्णय गर्नुपर्ने नेता शेखर कोइरालाको सुझाव छ । शीर्ष नेताहरको विचार अस्पष्ट भए पनि तलका नेता तथा कार्यकर्तामा निर्वाचनमै जानुपर्ने मानसिकता रहेकाले पार्टीले संविधानसभाको समेत काम गर्नेगरी संसदको निर्वाचनको बाटो लिने संभावना रहेको उनको छ । कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आन्दोलनको नेतृत्व नलिएसम्म प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाउन नसकिने जिकीर उनले गरे ।
यस विषयमा प्रवक्त वडुको राय भने भिन्न छ । प्रधानमन्त्रीको उम्मेदवारका विषयमा अहिले नै छलफल गर्ने बेला भइनसकेको उनको बुझाई छ । ‘सरकारले ठाउं खाली गरेपछि मात्रै हामीले उम्मेदवार तय गर्ने हो’, वडुले भने । ‘पार्टीको विधानअनुसार प्रकृयाबाट उम्मेदवार तय हुन्छ, बाहिर आएजस्तो गंभिर प्रकारको असमझदारी कांग्रेसभित्र छैन’, उनले दाबी गरे । कांग्रेसभित्र प्रधानन्त्रीका लागि सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल दावेदार छन् । उम्मेदवार को हुने भन्ने विवादसंगै तत्काल उम्मेदवार तोक्ने कि नतोक्ने भन्ने विषयमा समेत पार्टीभित्र विवाद देखिएको छ ।
महासमिति बैठकबाट अनुमोदन हुने गरी केन्द्रीय समितिले बाधाअडकाउ फुकाउअन्तर्गत सभापतिलाई थप केही अधिकार प्रदान गर्ने भएको छ । बाह्रबिसेमा भएको सभापति भेलाले जिल्ला कार्य समिमितमा निर्वाचित संख्याबराबरको कार्यसमिति सदस्य मनोनित गर्न पाउनुपर्ने, जिल्ला, क्षेत्र र गाउं तथा नगर कार्यसमितिमा पदाधिकारीका नियुक्ति सम्बन्धित सभापतिलई दिनुपर्ने निर्णय लिएको थियो । बडुले बैठकमा महासमिति तयारीका लागि समितिहरु समेत बनाउने र थप १२ विभाग अनुमोदन गर्ने प्रस्ताव समेत रहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको