कांग्रेस नेतृत्वमा माओवादीसहितको सरकार आवश्यक रहेको ओलीको ठहर

२८ श्रावण २०६९, आईतवार ०८:०९ मा प्रकाशित

दमक, २८ साउन । आफूलाई मिडियाले प्रधानमन्त्रीको दाबेदार भनी चित्रित गरेकोमा असन्तुष्टि दर्शाएका नेकपा एमालेका नेता केपी ओलीले माओवादीलाई सहभागी गराएर कांग्रेसको नेतृत्वमा सहमतिको सरकार बनाउन सकिने धारणा प्रस्तुत गरेका छन् । प्रेस चौतारी झापाले शनिबार दमकमा आयोजना गरेको एक कार्यक्रममा नेता ओलीले कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुरा एमालेले गरिरहे पनि कांग्रेस नेतृत्व लिने विषयमा अग्रसर हुन नसकेको उल्लख गरे ।
वर्तमान सरकारले कुनै राजिनामा दिइरहनु आवश्यक नभएको भन्दै ओलीले कामचलाउ सरकारलाई नयां सरकारले विस्थापित गर्नुपर्ने राय प्रस्तुत गरे । माओवादीलाई सहमतिमा ल्याउन सकिन्छ कि भनेर अहिले प्रयास भइरहेको बताउंदै उनले प्रयास विफल भएमा अर्को कडा कदम चालिने औंल्याए ।
बहुजातिय र साझा पहिचानमा भने एमाले सहमत रहेकोले एकल जातिय पहिचान एमालेलाई कुनै हालतमा मान्य नहुने पनि ओलीले सो अवसरमा बताए । एकल जातिय पहिचान अलोकतान्त्रिक र समान अवसर दिन नसक्ने भएकाले यो मान्य नहुने उनको तर्क थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन मन्त्री नियुक्त गर्नुभएको छ । यही वैशाख ३ गते विश्वासको मत