शो एशिया र नेट फक्सद्धारा ओलम्पिक खेलाडी, प्रशिक्षक र अफिसियलहरु सम्मानित

२८ श्रावण २०६९, आईतवार ०४:२९ मा प्रकाशित

लन्डन । ओलम्पिकमा सहभागिता जनाएर फर्कन लागेका नेपाली खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई सम्मान गर्ने संस्था र व्यावसायिहरु थपिदै गएका छन्। शो एशिया र नेट फक्स लिमिटेडले आफ्नै रेष्टुरेन्टमा उनीहरुका सम्मानमा रात्रीभोजको आयोजना गरेको छ।

क्याम्बरलीस्थित शो एशिया रेष्टुरेन्टमा बुधवार साँझ सुटिङ्गका स्नेहराज्यलक्ष्मी राणा, पौडीवाज प्रसिद्धजंङ्ग शाह र धावक तिलकराम थारुलाई प्रमाणपत्र, खादा र टोकन अफ लभ प्रदान गरिएकोको थियो। प्रमिला रिजाल र श्रेय धिताल भने बिशेष कारण उपस्थित् भएनन्। प्रशिक्षक र अफिसियल टीमका सवैलाई पनि शो एशिया र नेट फक्स लिमिटेडका सरोज जोशी, प्रकाश भट्टराई र दुण्डीराज सापकोटावाट सम्मान गरिएको थियो ।

पूर्व भलिबल राष्ट्रिय खेलाडी तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष प्राध्यापक गंगा बहादुर मगर, पूर्व फुटबल खेलाडी धीरेन्द्र प्रधान र सितारियो करातेका सिनियर प्रशिक्षक पुरेन्द्र बिक्रम लाखेसंग प्रत्यक्ष भेटी कुराकानी गर्न पाउदा क्याम्बरली समाजका प्रतिनिधी तेज(मह्सी) गुरुङ खुशी भएका छन् भने खेलाडीहरुले आफ्नो जमनाका फ्यान भेटिदा खुशी लागेको बताए। सन्तोष रेग्मीले लन्डन ओलम्पिकमा स्वयमसेवक भई बिशेषत नेपाली टीमलाई सहयोग गर्न पाएकोमा गौरब लागेको बताए।

कार्यक्रममा रेडियो बि.जि.डब्लु एसका मे.रि. सोनाम शेर्पा, सञ्चारकर्मी पुष्पा गुरुङ र एभरेष्ट टाइम्स साप्तहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ (यूके)का सभासद हरि कुमार गुरुङ (काजी) लाई पनि सम्मान गरिएको थियो।

संचारकर्मी तथा शो एशियाका म्यानेजमेन्ट टीमका रमेशसिंङ्ग सराङ्कोटी (मगर) ले कार्यक्रम सञ्चालन गर्ने क्रममा भावुक हुदै भने, “नेपाल र नेपालीको शिर उचो पार्न योगदान पुरयाउने नेपाली खेलाडी र सम्पूर्ण यूनिटलाई सम्मान गर्न पाउदा गौरव लागेको छ। सोंचे जस्तो परिणाम नआएता पनि कमी कम्जोरीहरुलाई गम्भीर समीक्षा गरी अघि बढेमा दश, बाह् बर्षमा पदक जितिने बिश्वास प्रकट गर्दछु। कार्य ब्यस्तता र छोटो नोटिसमा पनि धेरै जना आइदिनुभएकोमा हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहन्छु।”

सोनाम शेर्पाले रेडियो बि.जि.डब्लु.यस र हरि कुमार गुरुङ –(काजी) ले सम्पूर्ण पत्रपत्रिका र मिडियाहरुको प्रतिनिधित्व गरी बोलेका थिए।

नेपाल ओलम्पिक टीमको प्रतिनिधित्व गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष धुर्ब बहादुर प्रधानले विदेशमा बस्ने नेपालीहरुले देखाएको अतिथ्य र सम्मानप्रति हार्दिक धन्यवाद प्रकट गरे। राष्ट्रिय झण्डा मात्र फहराउन सक्यौं तर राष्ट्रिय धुन बजाउन सकेनौं, भनी बताइरहंदा एकछिन सन्नाटा छाएको थियो। “२९ जना कुदेका धावकहरुमा हामी १३ मा आयौं। सुविधा र प्रशिक्षण पुगेमा एक दिन सफल हुन्छौं। एनआरएनले दुईवटा जति खेलाडीहरुलाई प्रायोजक गरिदिएमा राम्रो हुन्थ्यो।” भनी विचार ब्यक्त गर्दै यूकेबासी नेपालीहरुका शुभकामना लिएर नेपाल जाने बताए। अतिथ्यको लागि धन्यवाद प्रकट गर्दै उनले नेपाल ओलम्पिक कमिटीको तर्फवाट शो एशिया तथा नेट फक्स लिमिटडलाई ओलम्पिक दर्जा अंकित चिनो प्रदान गरिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले