सामुहिक लगानीका लागि बेल्जियममा अन्तरकृया

२८ श्रावण २०६९, आईतवार ०४:२८ मा प्रकाशित

ओम शर्मा, बेल्जियम । विश्व भरी छरिएर रहेका गैर आवासीय नेपालीहरुको लगानीमा नेपालमा संचालन हुन लागेको जलविद्युत परियोजनाको विषयमा अन्तरक्रिया भएको छ ।

सामुहिक लगानी समिति बेल्जियमले यहाँ रहेका नेपाली लगानीकर्ताहरु संग अन्तरकृया कार्यक्रम गरी परियोजनाको विस्तृत विवरण एवम् लगानी संबन्धी नियमहरु र यसबाट भविष्यमा देश र देशवासी र स्वयम् लगानीकर्तालाई हुने फाइदाका बारेमा जानकारी गराउँदै समय सिमा भित्र परियोजना संचालनका लागि आवश्यक प्रकृया पुरा गर्ने लक्ष्य सहित कार्यक्रम गरिरहेको छ ।
गत सोमबारका दिन बेल्जियमको व्रुजमा भेटघाट तथा अन्तरकृया कार्यक्रम संपन्न भएको छ भने आगामी सोमबार बेल्जियमको शहर एन्र्टवपेनमा बसोबास गर्ने नेपाली समुदायसंग परियोजनाका बारेमा परियोजनाको विस्तृत जानकारी र भेटघाट कार्यक्रम हुदै छ । यति हाउसमा दिनको ठिक एक बजे सुरु हुने सो कार्यक्रममा उपस्थित हुनका लागि समितिले सवैलाई आग्रह गरेको छ । अगष्ट २५ मा लुभेनमा विस्तृत भेला गरि बेल्जियमका लगानीकर्ता र परियोजनाका लागि लगानी गर्ने रकमको घोषणा गरिने छ । समितिले हालसम्म संकलन गरेको प्रारम्भिक विवरण अनुसार दुई करोड रुपयाँ भन्दा बढि बेल्जियमबाट लगानी हुने र उक्त रकम अझै बढ्ने सक्ने अनुमान गरिएको छ ।
परियोजना संचालन एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतो र वर्तमान अध्यक्ष जीवा लामीछाने सहितका गैर आवासीय सफल नेपाली व्यवसायीहरुद्धारा हुने छ । यसका लागि नेपालमा कम्पनी स्थापनाको प्रकृया सुरु भैसकेको र आगामी अक्टोबर सम्ममा पुँजी संकलन भै सक्न बताइएको छ । गैर आवासीय नेपालीहरुबाट पाँच अरव र बैकहरुबाट १० अरव कर्जा गरि कुल १५ अरब रुपयाँ परियोजनाको लागत रहने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

लिसवोन । पोर्चुगलस्थित नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च पुनर्गठन भएको छ । ३५ सदस्यीय कार्य कार्यसमितिको अध्यक्षमा अध्यक्ष

नेपाल पत्रकार महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु

दमास्कस । ओमानस्थित नेपाली राजदूतावासले हिजो शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र