यातायात व्यावसायी र सरकारबीच सहमति, आजबाट सार्वजनिक यातायात सुचारु हुने

२७ श्रावण २०६९, शनिबार २२:४४ मा प्रकाशित

काठमाडौं, २८ साउन । विभिन्न १५ सुत्रीय मागका साथ हडतालमा उत्रिएका यातायात व्यावसायी र सरकारबीच सहमति भएको छ । व्यवसायीका १५ मध्ये १४ वटा माग पूरा गर्न सरकार सहमत भएपछि आजबाट सार्वजनिक यातायात सुचारु हुने भएको छ । ट्राफिक प्रहरीलाई गरिएको अधिकार प्रत्यायोजनसम्बन्धी मुख्य मागलाई कार्यदल गठन गरेर सम्बोधन गरिने भएको छ। शनिबार अबेर रात भएको सहमतिअनुसार १५ दिनभित्र कार्यदलले प्रतिवेदन बुझाउने र प्रतिवेदन अनुसार माग सम्बोधन गरिने प्रतिवद्धता सरकारले व्यक्त गरेको छ। ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई दुई सय रुपियाँ मात्रै जरिवाना लिइँदै आएकोमा त्यो निकै कम भएको ठहर गर्दै यातायात व्यवस्था मन्त्रालयले गत चैतमा एक हजार रुपियाँसम्म जरिवाना गर्न पाउने अधिकार प्रहरीलाई प्रत्यायोजन गरेको थियो। यातायात व्यवसायीहरुले यसैमा प्रमुख आपत्ति जनाएका थिए । गत तीन दिनदेखि सार्वजनिक सवारीका साधनहरु ठप्प पारिंदा सार्वजनिक यातायातको भर पर्ने लाखौं सर्वसाधारण मर्कामा परेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा