प्रहरीसंगको भीडन्तमा जतममुमोका कमाण्डर मारिए

२७ श्रावण २०६९, शनिबार २२:०५ मा प्रकाशित

महोत्तरी, २७ साउन । प्रहरीको खोजी सूचीमा रहेको एक अपराधी आज मुठभेडमा मारिएका छन् । जिल्लाकै एकडारा भन्ने स्थानमा प्रहरीसँगको भिडन्तमा जनतान्त्रिक तराई मधेस मुक्ति मोर्चा गोइत समूहका जयनारायण पासवान मारिएका हुन् । उनी मोर्चाका जिल्ला कमाण्डर समेत थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरज केसीका अनुसार गस्तीमा रहेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि भीडन्त सुरु भएको थियो । अर्को सुत्रले बताएअनुसार गस्तीमा रहेको प्रहरीको सवारी साधनलाई तिब्र गतिमा मोटरसाईकल चलाएर पासवानले ओभरटेक गरेका थिए । त्यसपछि शंका लागेर प्रहरीले उनको पिछा सुरु गर्यो । त्यसबाट अत्तालिएका पासवानले एक्कासी प्रहरीतर्फ गोली चलाए । यसरी आक्रमणको प्रयास गरेपछि जबाफमा प्रहरीले पनि गोली चलायो र कारबाहीमा उनी मारिएका हुन् । पासवानले चलाएको गोली लागि प्रहरी जबान सुरेन्द्र चौधरी घाइते भएका छन् भने प्रहरीले पासवानको साथबाट कटुवा पेस्तोल र त्यस्मा लाग्ने तीनवटा गोली पनि बरामद गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै