चुनावी सरकारको नेतृत्व गैरराजनीतिक व्यक्तिबाट गराउन माग

२७ श्रावण २०६९, शनिबार २१:३७ मा प्रकाशित

काठमाडौं, २७ साउन । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिकभन्दा संवैधानिक तथा अन्य प्रतिष्ठित व्यक्तिको नेतृत्वमा गठन गरेको सरकारबाट छ महिनाभित्र चुनाव गरिसक्नेगरी बाटो खुल्ला गर्नुपर्ने धारणा अघिसारेका छन् । डा. बावुराम भट्टराईलाई तत्काल राजीनामा दिएर निकास दिन सुझाव दिंदै यादवले कामचलाऊ सरकारलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएको भनदै जतिसक्दो चाँडो राजीनामा दिएर वर्तमान अन्यौलपूर्ण स्थितिलाई निकास दिनुपर्ने बताए । नेता यादव शनिबार पार्टीको उदयपुर जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलाको उद्घाटनका लागि गाईघाट पुगेका थिए ।
उनले वर्तमान समस्याको निकास चुनावले मात्र दिनसक्ने भएकाले चुनावमा जान सबै दलहरुलाई आग्रह गर्दै राजनीतिकभन्दा संवैधानिक तथा अन्य प्रतिष्ठित व्यक्तिको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताएका हुन् । पार्टी गठनपछि पहिलोपटक उदयपुर पुगेका यादवको प्रशिक्षणपछि गाईघाटका मधेसी समुदायमा फोरमप्रति सकारात्मक धारणा बनेको जिल्ला अध्यक्ष जगदिश साहले दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित खवर

लण्डन । कोरोना संक्रमणले तीन साताभित्र विदेशमा पछिल्ला तीन साताभित्र थप ३९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । काठमाडौँ जिल्ला कमिटीको

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुनुभएको छ । सो पार्टीले नेता नवराज सुवेदीको

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा