सरकार खुमबहादुर खड्कालाई फसाउन खोजिरहेको छ : काग्रेस युवाहरु

२७ श्रावण २०६९, शनिबार १७:३७ मा प्रकाशित

काठमाडौ, २७ साउन । नेपाली काग्रेस निकट नेता तथा कार्यकर्ताहरुले केन्द्रीय सदस्य खुमबहादुर खड्कालाई वर्तमान सरकार फसाउने षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यस विरुद्ध प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
राजधानीमा आयोजित कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष उदय शमसेर राणाले तत्कालिन अवस्थामा राजनीतिक प्रतिसोध साध्न राजा ज्ञानेन्द्र र शाही आयोगले जवरजस्ती काग्रेस नेता खुमबहादुर खड्का माथि लगाएको झुठा मुद्दलाई बर्तमान असम्बैधानिक सरकारले उल्टाएर काग्रेसका नेताहरुलाई छानी छानी कारवाही गराउने षडयन्त्र गरेको भन्दै शाही शासनले लगाएको मुद्दामा अहिले कारवाही गर्नु उचित नहुने तर्क गरे ।
उनले माओवादी सरकारले माओवादी कार्यकर्ता र अन्य जनताकालागी अलग अलग कानुनको प्राक्टीस गरेको भन्दै अदालतले सर्वोश्वसहित जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुङगेल खुलेआम हिडेको उदाहरण प्रस्तुत गरे । उनले भने– जनतालाई अर्को र माओवादीलाई अलग अलग कानून छ । बालकृष्ण ढुङगेललाई जन्मकैद हुँदा समेत छुट छ, खुमबहादुलाई साजय दिलाउने प्रयास भईरहेको छ । शाही कालिन आरोपमा अहिले कारवाही गर्नु सरकारको फसाउने षडयन्त्र सिवाय केही होईन ।
कार्यक्रममा महासमिति सदस्यहरु राजु श्रेष्ठ, गणेशबहादुर विष्ट, हेमन्त मल्ल,  र स्ववीयू सभापति शुभराम बस्नेतले राजतन्त्रको कोपभाजनमा  परेका खुमबहादुर खड्कालाई अहिलेको सरकारले समेत फसाउने षडयन्त्र गरेको भन्दै खड्कालाई फसाउने गरी फैसला भए त्यस विरुद्ध देश ब्यापी प्रतिकार गर्ने चेतावनी दिए । यद्यपि उनीहरुले न्यायालयले खड्कालाई न्यायदिने विश्वास ब्यक्त गरे ।
गणेशबहादुर विष्टले खुमबहादुर खड्काको पक्षमा फेसला नभए काग्रेसको यूवाहरुले आन्दोलनको आधिवेहरी ल्याउने चेतावनी दिए । उनले  ज्ञानेन्द्रले लगाएको आरोप अहिलेको सरकारले पनि कायम राख्नु दुखद भएको बताए ।
खड्का विरुद्धको मुद्दामा सर्वोच्च अदालतले आगामि साउन ३० गते फैसला सुनाउँदै छ । उनीमाथि २ करोड ३६ लाख ८७ हजार भ्रष्टचारको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले