सरकारविरुद्ध दोश्रो चरणको आन्दोलन घोषणा

२७ श्रावण २०६९, शनिबार १६:४० मा प्रकाशित

काठमाडौं, २७ साउन । विपक्षि दल निकट १७ वटा युवा विद्यार्थी संगठनले सरकारविरोधी दोश्रो चरणका आन्दोलन घोषणा गरेका छन् । वर्तमान सरकार गैरकानुनी रुपमा सरकारमा बसिरेहेको आरोप लगाउदै आन्दोलन गरिरहेका युवा विद्यार्थी संघले भदौ ३ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
उनीहरुले आइतबार विदेशी नाम र आवद्धता भएका शैक्षिक संस्था र सीटीईभीटीका शैक्षिक संस्था बन्द गर्ने, र सरकारले गर्ने युवा दिवसको कार्यक्रम वहिष्कार गरि छुट्टै कार्यक्रम गर्ने, युवा स्वरोजगार कोष तथा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने, सरकारको बैधानिकताबारे मतदान गर्ने र मतपरिणाम राष्ट्रपतिलाई बुझाउने र प्रधानमन्त्रीको सरकार निवास बालुवाटार घेर्ने लगायत विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘एकातिर राष्ट्रिय सहमती भएमा सत्ता छोडने भ्रम दिने र अर्को तिर सहमती गर्ने वातावरण नबनाउने, एकलौटी रुपमा शासन अवधि लम्ब्याउने षड्यन्त्र प्रधानमन्त्री वावुराम भट्टराईले गरिरहेका छन्’, युवा विद्यार्थी संगठनहरुद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘मुलुकमा तेस्रो जनआन्दोलनको उभार श्रृजना गरि जनविरोधी भट्टराई सरकारलाई सत्ताच्युत गर्नु पर्ने आवश्यक्ता महशुस भएको छ ।’
आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै युवासंघका अध्यक्ष महेश बस्नेतले प्रधानमन्त्रीले पद नछोडे आफुहरुको आन्दोलनले सडकबाटै वर्खास्त गर्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक काेइरालाले पार्टी सभापति शेरवहादुर देउवाकाे गृहजिल्ला डडेल्धुरामा पुन अधिवेशनकाे सम्भावना नभएकाे बताएका छन। संस्थापनइतरका