लण्डन ओलम्पिकमा २७ वर्ष पुरानो किर्तिमान भंग

२७ श्रावण २०६९, शनिबार १६:३२ मा प्रकाशित

काठमाडौं, २७ साउन । अमेरिकाले महिला ४ गुणा १ सय मिटर रिले दौडमा २७ वर्ष पुरानो किर्तिमान भंग गरेको छ । चालु लण्डन ओलम्पिकमा अमेरिकी महिला टोलीले सन् १९८५ मा पूर्वी जर्मनीले बनाएको ४१ दशमलव ३७ सेकेन्डको रेकर्ड तोडेर ४० दशमलव ८२ सेकेन्डको नयाँ रेकर्ड राख्दै स्वर्ण पदक हात पारेको हो ।
यस्तै एथ्लेटिक्समा ह्याम्मर थ्रो तर्फ रुसकी तात्याना लिसेन्कोले ७८ दशमलव १८ मिटरको नयाँ ओलम्पिक रेकर्ड कायम गर्दै स्वर्ण पदक जितेकी छन् । महिला हकीको उपाधी नेदरल्याण्डस्ले जितेको छ । तेश्रो पल्ट हकीमा ओलम्पिक स्वर्ण हात पार्ने क्रममा नेदरल्याण्डस्ले अर्जेन्टिनालाई २ शुन्यले हरायो ।
ओलम्पिक पदक तालिकामा अमेरिकाले चीनसंगको दूरी बढाएको छ । ४१ स्वर्ण, २६ रजत र २७ कास्य सहित ९४ पदकका साथ अमेरिका शीर्ष स्थानमा छ भने दोश्रो स्थानमा रहेको चीनको ३७ स्वर्ण, २५ रजत र १९ कास्य सहित ८१ पदक छ । यस्तै २५ स्वर्ण, १५ रजत र १७ कास्य सहित आयोजक बेलायत तेश्रो स्थानमा छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं ।  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ । कीर्तिपुरस्थित

इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले पञ्जाब किङ्सलाई ६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत मुम्बइ इन्डियन्स विजयी भएको छ । शनिबार राति सम्पन्न खेलमा मुम्बइले

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले