अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र जिम्बाबे यू १९ क्रिकेटको विजयी

२७ श्रावण २०६९, शनिबार १६:२९ मा प्रकाशित

काठमाडौं, २७ साउन । आयोजक अष्ट्रेलियासहित बंगलादेश, पाकिस्तान, र जिम्बाब्वेले १९ वर्ष मूनिको आइसिसी विश्वकप क्रिकेटमा विजयी शुरुवात गरेका छन् । बंगलादेशले श्रीलंकालाई २५ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरी २ सय ४९ रन बनाएको बंगलादेशले श्रीलंकालाई २ सय २४ रनमा सीमित गर्‍यो । बंगलादेशका लागि अमिनुल हकले १ सय १ रन बनाए ।
पाकिस्तानले अफगानिस्तानलाई १ सय ९ रनले पराजित ग¥यो । पहिले  ब्याटिङ गरेर २ सय ५३ रन बनाएको पाकिस्तानले अफगानिस्तानलाई १ सय ४४ रनमा सीमित गर्‍यो । आयोजक अष्ट्रेलियाले ईंग्ल्याण्डलाई ६ विकेटले पराजित गर्यो । १ सय ४४ रनको लक्ष्य अष्ट्रेलियाले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।

यस्तै जिम्बाव्वेले पपुवा न्यूगिनीलाई १ सय ४ रनले हरायो । २ सय ५० रनको लक्ष्य पच्छ्याएको पपुवा न्यूगिनी १ सय ४५ रनमा अलआउट भयो । समूह ए मा रहेको नेपालले आफ्नो पहिलो खेल सोमबार अष्ट्रेलियासंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप क्रिकेट लिग–२ प्रतियोगिता र त्यसको तयारीका लागि क्यानडा भ्रमणमा निस्कने नेपाली राष्ट्रिय पुरुष क्रिकेट

काठमाडौँ । एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सहभागिता जनाएर नेपाली महिला क्रिकेट टोली आज स्वदेश फर्किएको छ । मलेसियामा भएको उक्त

काठमाडौँ । भारतले आयरल्याण्डविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा भारतले आयरल्याण्डलाई ७ विकेटले

काठमाडौं । निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै गत सोमबार पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को

आजको प्रमुख समाचार