विमानस्थल बनाउन माग गर्दै हस्ताक्षर अभियान सुरु

२७ श्रावण २०६९, शनिबार १६:२६ मा प्रकाशित

पोखरा, २७ साउन । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारलाई दबाब दिनका लागि  श्चिमाञ्चल होटल संघ पोखराले हस्ताक्षर अभियान शुरु गरेको छ । उनीहरुले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् । यो अभियान एक हप्तासम्म चल्ने बताएका छन् । संकलित हस्ताक्षर सरकारलाई बुझाउने संघका महासचिव विकल तुलाचनले जानकारी दिए । पश्चिमाञ्चल होटल संघ पोखराले २०४६ सालभन्दा अगाडिदेखि नैं पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बनाउन दवाव दिईरहेको छ । पोखरामा विमानस्थल बन्नु पर्यटन र उद्योगी व्यबसायीको लागि मात्रै नभई सम्पुर्ण पश्चिमाञ्चलवासीको हितमा भएकाले अभियानमा साथ दिन पनि संघले आग्रह गरेको छ ।
टेण्डर परिसकेपछि पनि विमानस्थल निर्माणको प्रक्रिया रोकिनु दुर्भाग्य भएको अध्यक्ष बिप्लव पौडेलले बताए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बिकल्पका रुपमा पोखरामा विमानस्थल बनाउनका लागि २०३१ सालमा पोखरा उपमहानगरपालिकाको वडा नम्बर १४, १५ र १८ को छिनेडाँडामा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा भोलिसम्मका लागि आवागमन बन्द गरिएको छ । उत्तर प्रदेशका

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काभ्रेपलाञ्चोक । जिल्लाको पुराना तीन नगर बनेपा, धुलिखेल र पनौती ‘काभ्रे’ स्मार्ट सिटीका नामले परिचित हुन संरचना निर्माण प्रक्रियालाई तीव्रता

काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा रु छ खर्ब ४२ अर्ब १४ करोड बराबरको विप्रेषण मुलुक भित्रिएको छ