जाजरकोटमा खाद्य तथा कृषि सम्वन्धि कार्यक्रम संचालन गरिने

२७ श्रावण २०६९, शनिबार १६:२२ मा प्रकाशित

जाजरकोट, २७ साउन । भोकमरी पीडित किसानका लागि संयुक्त राष्ट्र संघको आर्थिक  सहयोगमा जाजरकोटमा खाद्य तथा कृषि सम्वन्धि कार्यक्रम संचालन हुने भएको छ । खाद्य संकटको उच्च जोखिममा रहेका पजारु, अर्छानी, टालेगाउँ, मजकोट, जगतिपुर, रग्दा, भगवती, नायकवाडा र रोकायागाउँ गाविसमा खाद्यको पहुँच पुर्याउने  उदेश्यले कार्यक्रम संचालन गर्न लागिएको हो ।
यो कार्यक्रमबाट जाजरकोटका झण्डै पाँच हजार घरधुरीलाई गहूँ, च्याउ, केराउ, मुला, रायो, गाँजर  र काउलीको बिउ वितरण गर्ने योजना छ । जिल्लामा कार्यरत पाँचतारा युवा संरक्षण मञ्च र ग्रामिण समाज नेपालले ती ९ वटा गाविसमा साझेदार संस्थाका रुपमा काम गर्ने जिम्मेवारी लिएको पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्ष रविन्द्र शाहले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९

काठमाडौं । यो साता पहिलो कारोबार दिन संविधान दिवसका कारण सार्वजनिक विदा परेकाले चार ओटा कारोबार दिनमात्र शेयर कारोबार भएको

काठमाडौं ।दसैँका लागि नेपाली व्यवसायीले झिकाएका सामान बोकेका कन्टेनरका लस्कर सीमापारि चिनियाँ नाकामा रोकिएका छन् । सिमानामा एक हजारभन्दा बढी

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि