नेपालले डेनमार्कलाई हरायो ९ विकेटको विशाल अन्तरले

१ चैत्र २०६८, बुधबार १२:२९ मा प्रकाशित

काठमाडौ, १ चैत ।  आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट छनोट खेलमा बुधबार बलरहरुको उत्कृष्ट प्रर्दशनले डेनमार्क विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ ।
शक्ति  गौचनले ह्याट्रिक सहितको लिएको चार विकेटको मद्दतले १९ ओभर अलआउट गर्दै  डेनमार्कलाई ८२ रनमा समेटेको नेपालले सो लक्ष्य एक मात्र खेलाडी गुमाएर पुरा गर्यो । नेपालले १२ दशमलब ४ ओवरमा मात्र एक विकेट गुमाएर ८५ रन बनाएको थियो । अन्तिममा प्रदिम ऐरीले  सानदार विजयी छक्का प्रदान गरेका थिए ।उनले खेलमा हाफ सेन्चुरी भन्दा बढीको स्कोर गरेका थिए ।  परेस लोहनी एकमात्र खेलाडी आउट भएका थिए । आजको खेलमा प
सोह्र टिमको सहभागिता रहने प्रतियोगिताका उत्कृष्ट दुई टिमले यसै वर्षको सेप्टेम्बरमा श्रीलंकामा हुने विश्वकपमा खेल्न पाउने छन् । ८–८ टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूहका उत्कृष्ट ३ टिमले प्लेअफ खेल्छन् । ६ टिमको सहभागिता रहने प्लेअफबाट उत्कृष्ट दुई टिमको छनोट गरिने छ । प्रतियोगिताको समूह ”ए” मा नेपाल, अफगानिस्तान, क्यानडा, पपुवा न्युगिनी, हङकङ, बर्मुडा र डेनमार्क छन् । समूह ”बी” मा आयरल्यान्ड, केन्या, स्कटल्यान्ड, नामिबिया, युगान्डा, ओमान, इटाली र अमेरिका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अष्ट्रेलियाकी ओलम्पिक कास्य र रजत पदक विजेता जेसी फक्स टोकियो आलम्पिक्स २०२० मा पनि कास्य पदक जितिसकेकी छन् । तर,

जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ४० पदकसहित शीर्ष स्थानमा उक्लेको छ । जापान र अमेरिकालाई उछिन्दै

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी