प्रत्येक दिन २० जना किशोरी हराउँछन् आन्ध्र प्रदेशमा

२७ श्रावण २०६९, शनिबार १६:१६ मा प्रकाशित

काठमाडौं, २७ साउन । भारतको आन्ध्र प्रदेशमा हरेक दिन २० जना भन्दा बढी महिला तथा किशोरी हराउने गरेको तथ्य सार्वजनिक भएको छ । राज्य प्रहरीको तथ्याङ्क अनुसार यो वर्ष हरेक दिन २२ जना महिला तथा किशोरी हराएका छन् ।
आन्ध्र प्रदेशमा पछिल्लो चार वर्षमा २३ हजार ७ सय ६० जना महिला तथा किशोरीहरु हराएका प्रहरीको तथ्यांक छ । जसमा किशोरकिो संख्या धेरै छ । यो वर्षको जनवरी देखि जुलाईसम्म मात्रै हराएका २ हजार ७ सय ८६ जना बालबालिका मध्ये ७० प्रतिशत बालिका रहेका छन् ।
हराएकाको सूचीमा परेकाहरु मध्ये निकै न्यून संख्यामा मात्रै भेटिने गरेका छन् । महिला तथा युवतीहरु नभेटिएपनि बालबालिकाहरु भने रेलवे स्टेशनका आसपास भेटिने गरेको प्रहरीले जनाएको छ  ।
हराएका महिला तथा बालबालिकाहरु मानव तस्करको चंगुलमा परेको आशंका गरेपनि प्रहरीले त्यस्ता व्यक्तिलाई पक्राउ गर्न सफलता पाउन नसकेको भन्दै अधिकारकर्मीहरुले आलोचना गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

नयाँदिल्ली । भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै झण्डै ३ लाख नयाँ संक्रमित

विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३० लाख २३ हजार नाघेको छ । संक्रमित हुनेको संख्या पनि १४ करोड

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर तीव्र गतिमा बढिरहेको छ