आपराधिक कार्यमा भगौडा प्रहरी

२७ श्रावण २०६९, शनिबार १६:१४ मा प्रकाशित

दाङ, २७ साउन । करिव एक बर्ष देखि जंगल अप्रेसनका नाममा आपराधिक समूह र हतियारको खोजी गर्दै आएको दाङ प्रहरीले ९ महिना पछि सफलता पाएको छ ।
शुक्रबार तुलसीपुरमा पक्राउ परेका तीन जना र स्वचालित हतियारलाई प्रहरीले आज दाङमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ परेका मध्ये एक जना सशस्त्र प्रहरीका भगौडा जवान हुन् ।
पक्राउ परेकाहरुको कोठामा छापा मार्दा एक थान मेसिनगन, म्यागजिन, ५५ राउण्ड गोली, एसएलआर राइफलका ४ राउण्ड गोली र एक थानमोबाईल पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–५, भरैया बाँकेका बेलबहादुर घर्तीमगर, कोहलपुर–४, रोहिणि खोलाका मुन्ना कार्की भनिने जगत केसी र दाङ तुलसीपुर नगरपालिका–१ निवासी सम्झना भनिने उमा वली रहेकी छन् ।
पक्राउ परेका बेलबहादुर २०६३ सालमा सशस्त्र प्रहरीबाट भागेर अपराधिक समूहमा लागेका थिए । पक्राउ परेको बयान र अनुसन्धानबाट उनीहरु आपराधिक कार्यमा संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।
उनीहरुले बाँकेस्थित एउटा प्रहरी चौकीमा गोली प्रहार गरेको, आइएममीबाट रकम लुटेको, विभिन्न व्यक्तिका घरमा लुटपाट गरेको, राजमार्गमा लुटपाटमा संलग्न रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौं। सभामुख अग्नि सापकोटाविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार सुनुवाइ गरेन ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा

जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा