काग्रेस नेतृत्वको चुनावी सरकार स्वीकारिन्न : प्रचण्ड

२७ श्रावण २०६९, शनिबार १६:१० मा प्रकाशित

काठमाडौं, २७ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसको नेतृत्व चुनावी सरकार कुनै हालतमा स्वीकार्न नसकिने स्पष्ट पारेका छन् । नेकपा–माओवादीले शनिवार ललितपुरमा गरेको गोलमेच अन्तक्रिया कार्यक्रममा अध्यक्ष दालहलले चुनाब अघिसम्मका लागि मात्र भएइ त्यसमा सोच्न सकिने बताए ।
‘पाँच बुँदे सहमतिको मर्म भनेको पहिचानसहितको संघीयता हो र त्यसमा सहमति भए चुनाव अघिसम्मका लागि कांग्रेस नेतृत्वको सरकार स्वीकारन सकिन्छ,’ प्रचण्डले भने, ‘‘दलहरुका वीचमा संविधानका विवादीत विषयमा सहमति भए मात्र चुनाव अघिसम्मका लागि काग्रेस वा अरु कसैको नेतृत्व स्वीकार्न सकिन्छ नत्र सकिदैन ।’ उनले दलहरुबीच कुरा नमिले आफुहरु नागरिक आन्दोलनका अगुवा वा पूर्व न्यायाधिशको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष चुनावी सरकार बनाउन पनि तयार रहेको बताए । सवै दल नयाँ निर्वाचनमा जान सहमत भएकाले यसअघि दलहरुवीच भएको पाँच बँुदे सहमतिको औचित्य सकिएको उनको तर्क थियो ।
उनले जातीय पहिचान सहितको संघीयता पक्षधरबीच मोर्चाको खाँचो औल्याउदै उनले कांग्रेस एमालेलाई आफुहरुले बनाउन लागेको मोर्चा आउन आग्रह गरे । दलहरुका वीचमा सहमति जुट्न नसकिरहेका वेला संघीयता पक्षधरको मोर्चा निर्माणले सहमति जुटाउन थप सजिलो हुने प्रचण्डको तर्क थियो ।
दलहरुबीच सहमति नहुने हो र आफ्नै अडानमा रहने हो भने मोर्चावन्दी गरेर सडकमै भिडेर हिसाबकिताब चुक्ता गर्ने चेतावनी पनि दिए । प्रचण्डको भनाई थियो, ‘तपाईहरुले पनि आन्तरिक रुपमा मोर्चा बनाउनु भएको छ, हामी पनि बनाउँदै छौं सडकमै गएर हिसाबकिताब गर्नु पर्ने हुनसक्छ ।’ उनले थपे, ‘हामीबीच सहमति हुदैन भने भविश्यमा यस्तै हुने पक्का छ ।’
कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनालले सहमतिको रटान मात्रै लगाएर सहमति जुट्न नसक्ने बताए । यसअघिका सहमतिलाई व्यवाहारीक रुपमा कार्यान्वयन गर्न माओवादीलाई आग्रह गर्दै खनालले  पहिलेका सहमति कार्यान्वयन नहुँदासम्म माओवादीलाई विश्वास गर्न सकिदैन भने ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीले अरुलार्ई संघीयता विरोधी देखाउन मोर्चावन्दी सुरु गरेको आरोप लगाए । उनले सत्तारुढ दलले गठन गरेको मोर्चाले राजनीतिक निकास नदिने र राजनीतिक बेईमानी हुने चेतावनी दिए । पौडेलले मोर्चावन्दीले मुलुकलाई निकास नभई झन राजनीतिक अस्थिरता तर्फ धकेल्ने वताए । उनले मुलुकलाई वर्तमान संकटवाट बचाउन संवैधानिक वाटो अबलम्बन गर्नु पर्ने वताए । गोलमेच सम्मेलनबाट राजनीतिक गतिरोध अन्त्य र संविधान निर्मार्णको माग गर्दै आएको नेकपा माओवादीले आज सबै दलका शीर्ष नेताहरुलाई एक ठाउँमा छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका