सरकारविरुद्ध नयाँ जनआन्दोलन गर्ने : खनाल

२७ श्रावण २०६९, शनिबार १५:३२ मा प्रकाशित

काठमाडौं, २७ साउन । दलहरुबीच राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पदबाट राजीनामा दिनु पर्ने सर्त एमालेका अध्यक्ष झलनाथ खनालले राखेका छन् ।
नेकपा (एमाले) नारायणी अञ्चल सम्पर्क कमिटीको दोस्रो प्रतिनिधि बैठक तथा नारायणी सम्पर्क उत्कृष्ट पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै  अध्यक्ष खनालले भने, ‘राजनीतिक दलहरुलाई ध्रुवीकरणबाट एकता र समझदारीतर्फ फर्काउनका लागि प्रधानमन्त्री भट्टराईले निसर्त राजीनामा दिनुपर्छ भने ।’
सहमतिका लागि सरकारले राजीनामा नदिने हो भने नेकपा (एमाले)को नेतृत्वमा सरकारविरुद्ध नयाँ जनआन्दोलन गर्ने चेतावनी खनालको थियो । उनले भने, ‘एमाओवादी र मधेसवादीको अधिनायकवादी शासनको अन्त्यका लागि पनि आन्दोलन जरुरी देखिन्छ ।’ ‘दलिय सहमतिका वातावरण बनाउन प्रधानमन्त्रीले राजीनामा दिनु पर्यो नी’ खनालले कार्यक्रममा भने, ‘सहमति नभई सरकार नछोड्ने हो भने देश असफलता तिर जाने छ ।’
सहमतिका आधारमा बनेको अधिकार सम्पन्न सरकारले मात्र २०६२/०६३ को जनक्रन्तिका उपलब्धिलाई रक्षा गर्न सक्ने स्पष्ट पार्दै उनले त्यसका लागि नेकपा (एमाले) मात्र सक्षम पार्टी रहेको दाबी गरे ।
एमाओवादी र मधेसवादी दलहरुले देश गम्भीर संवैधानिक सङकटमा धकेलेको आरोप लगाउँदै उनले भने, ‘संवैधानिक निकाय खाली हुने अवस्थामा छन्, बजेट आएको छैन, यस्तो अवस्थामा सहमतिको विकल्प छैन । एक अर्को प्रसंगमा खनालले पार्टीभित्र डन प्रवृत्ति अन्त्य नभएसम्म पार्टीको सुधार हुन नसक्ने बताए । एमालेमा हावी हुदै गएको डन प्रवृत्तिले पार्टी नै समाप्त हुने खतरा बढिरहेको भन्दै त्यसको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । पार्टीभित्रको उच्छश्रृंखल प्रवृत्ति नियन्त्रण नगरेसम्म पाटी सुदृढ हुन सक्दैन, खनालले भने ।
एकीकृत माओवादी आफ्ना प्रतिवद्धतामा असफल भइसकेको, कांग्रेसले अग्रगमन स्वीकार गर्न नसकेको र मधेशवादीले सवै नेपालको प्रतिनिधित्व गर्न नसक्ने भएकाले एमालेले मात्रै देशलाई नेतृत्व दिन सक्ने अध्यक्ष खनालको दावी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोल्पा । रोल्पा जिल्लामा नेपाली कांग्रेसले १० वटा नगरपालिका र गाउँपालिकामा अधिवेशन सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनमा

काठमाडौैँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार उम्मेदवारी घोषणा गर्दै

काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६

काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत अहिले विभिन्न जिल्लामा पालिका तहको अधिवेशन जारी छ । शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन