तिब्बती शरणार्थीको सांस्कृतिक कार्यक्रममाथि सरकारी हस्तक्षेपको निन्दा

२७ श्रावण २०६९, शनिबार ०८:५८ मा प्रकाशित

काठमाडौं, २७ साउन । तिब्बतका धार्मिक गुरु दलाई लामाका अनुयायीहरुले राजधानीमा गर्न लागेको सांस्कृतिक कार्यक्रममा सरकारले रोक लगाएको भन्दै लुम्बिनी फाउण्डेसनका अध्यक्ष सिद्धार्थ गौतमले नेपाल सरकारको सो कार्यको भत्र्सना गरेका छन् । तिब्बती शरणार्थीहरुका प्रधानमन्त्री डा. लोप्साङ साङ्गेले पद ग्रहण गरेको एक वर्ष पुगेको उपलक्ष्यमा गत बुधबार राजधानीको बौद्धस्थित शेर्पा सेवा केन्द्रको सभाहलमा शरणार्थीहरुले सांस्कृतिक कार्यक्रमको तयारी गरेकोमा सरकारले प्रहरी लगाएर कार्यक्रम गर्न नदिएको भन्दै गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको उक्त कदम घोर असहिष्णु र मानवताविरोधि भएको जनाएका हुन् ।
८ अगस्टको अवसर पारेर नेपालका सम्पूर्ण ११ वटा तिब्बती शरणर्थी शिविरमा विविध सांस्कृतिक कार्यक्रम गर्न लागिएकोमा शरणार्थीप्रति सरकारको बक्र दृष्टि र असहिष्णु व्यवहारका कारण हस्तक्षेप गरी विफल तुल्याइएको आरोप विज्ञप्तिमा लगाइएको छ । शरणार्थीका हरेक कार्यक्रमलाई चीनविरोधि गतिविधिको ठप्पा लगाएर सरकारले हस्तक्षेप गरी असफल पार्दै आएको भन्दै नेपाल रिपब्लिक पार्टीका अध्यक्षसमेत रहेका गौतमले तिब्बती शरणार्थीप्रति यस्तो असहिष्णु व्यवहार सरकारका लागि प्रत्युत्पादक हुने दाबी पनि गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संघका २७ र प्रदेशका ५ सांसदलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला

काठमाडौं । हालै भारत भ्रमणबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वादेश फर्किएका उनीहरुले