विपक्षी खेमाबाट अर्को मोर्चा, कामचलाउ प्रधानमन्त्रीलाई हटाएरै छाड्ने उद्घोष

२७ श्रावण २०६९, शनिबार ०७:५५ मा प्रकाशित

काठमाडौं, २७ साउन । नेकपा(माओवादीले क्रान्तिकारी शक्तिहरूको नेतृत्वमा सरकार बन्नुपर्ने र मुलुकको वर्तमान राजनीतिक तथा संवैधानिक निकासका लागि सर्वपक्षीय गोलमेच सभाको आयोजना गर्नुपर्ने मागलाई सशक्त बनाउने भन्दै वैद्यको नेतृत्वमा रहेको नेकपा(माओवादीले नेपाल सङ्घीय जनगणतान्त्रिक मोर्चाु गठन गरेको छ । मोर्चाको संयोजकमा सो पार्टीका उपाध्यक्ष सीपी गजुरेल तोकिएका छन् भने नेकपा(माओवादी, नेकपा एकीकृत, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, ताम्सालिङ नेपाल राष्ट्रिय दल, नेपाल नागरिक पार्टी, थारु मुक्ति सङ्ग्रामलगायत आठवटा दल तथा सङ्गठन आबद्ध छन्। सरकारले आफ्नो सत्ता टिकाइराख्‍नका लागि सङ्घीयता पक्षधरको बृहत् मोर्चा गठन गरेको ठहरका साथ नेकपा माओवादीले संघीय जनगणतान्त्रिक मोर्चा गठन गरेको मोर्चासम्वद्ध एक नेताले बताए ।

मोर्चाका संयोजक गजुरेलले सत्ता गठवन्धन दलले बनाएको सङ्घीयता पक्षधर मोर्चा तथा नेपाली कांग्रेस र नेकपा एमालेले बनाएका कुनै पनि मोर्चाले मुलुकलाई निकास दिन नसक्ने दावी गरे। ुमुलुकको वर्तमान राजनीतिक र संवैधानिक सङ्कट अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभाको आयोजना गर्न आवश्यक छ,ु माओवादी उपाध्यक्ष तथा संयोजक गजुरेलले भने, ुअब मोर्चाले कामचलाउ प्रधानमन्त्रीका हैसियतमा सरकार हाँक्न खोज्नेलाई हटाएरै छाड्ने छ।ु
मोर्चाले मुलुकको राजनीतिक निकास खोज्ने भन्दै आन्दोलनका कार्यक्रमसमेत अघि सारेको छ। आगामी साउन ३० देखि भदौ १६ गतेसम्म मुलुकभर सभा, प्रदर्शन र अन्तरक्रिया गरिने बताइएको छ । मोर्चाले सर्वपक्षीय गोलमेच सभाको आधार तयार गर्नका लागि भूमिका निर्वाह गर्ने र त्यसका लागि आगामी साउन ३० गते राजधानीमा बृहत् अन्तरक्रियाको आयोजना गर्ने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवसिय नेपालीहरुलाई नेपालमा पूँजीसँगै सिप र प्रविधि पनि भित्राउन आग्रह गरेका छन् । अर्थ मन्त्रालय

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ पिपलभन्ज्याङमा भएको जीप दुर्घटनामा ७ जना घाइते भएका छन् । घाईतेमध्ये २

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका