कांग्रेसको भ्रमले हलो अड्काएको ओलीको आरोप

२७ श्रावण २०६९, शनिबार ०७:४६ मा प्रकाशित

काठमाडौं, २७ साउन । एमाले नेता केपी ओलीले सहमतीय सरकारको नेतृत्व गर्न पाउने कांग्रेसको भ्रमका कारण मुलुक अन्योलमा फसेको आरोप लगाउनुभएको छ । कांग्रेसमा आगामी सरकारको नेतृत्वका लागि माओवादीले सघाउंछ भन्ने भ्रम भएको र उ यही भ्रममा अल्झिंदा राजनीतिक निकासको हलो अड्किएको उहांको भनाई थियो । एमाले–झापाले दमकमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै नेता ओलीले कांग्रेसले प्रधानमन्त्री पाउने लोभका कारण माओवादी नेतृत्वको वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन अस्वीकार गरेको दाबी गर्नुभयो ।

उहांले माओवादीको नियत नै सत्ता कब्जा गर्ने रहेको आरोप लगाउंदै माओवादीबाट संविधान र मुलुकमा शान्तिको आशा गर्नु खुर्सानी रोपेर सुन्तला फलाउनुझैं भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

गृहमन्त्री बालकृष्ण खाणले संसद्मा विचाराधिन रहेको नागरिकता विधेयकलाई दलको सहमतिमा अघि बढाउने प्रयत्नमा सरकार लागेको बताउनुभएको छ । विधेयक अघि

काठमाडौं । नेपालले अमेरिकालाई अमेरिकाको ‘स्टेट पार्टनरसिप प्रोग्राम’ एसपीपीमा आबद्ध नहुने निर्णय पठाएको छ । गृहमन्त्री वालकृष्ण खाँणका अनुसार एसपीपीमा

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट समाजवाद सम्भव नुहने बताएका छन् । सोमबार नरबहादुर कर्मचार्य

काठमाडौं । घूसकाण्डमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको

आजको प्रमुख समाचार