
काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले प्रतिपक्षी दलहरुलाई संघीयताविरोधि देखाउन एकीकृत माओवादी र मधेसी मोर्चाले नयां मोर्चा गठन गर्न लागेको बताउनुभएको छ । सत्तारुढ दलहरुले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै संघीयता पक्षधरहरुको बिहिबार मोर्चा गठन गर्ने निर्णय गरेका थिए ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सभापति कोइरालाले कांग्रेस, एमालेलगायतका दलबारे भ्रम फैलाउन सत्तारुढ दलले मोर्चा गठन गर्न खोजेको उल्लेख गर्नुभयो । एकीकृत माओवादी र मधेसी मोर्चाको गठबन्धन निष्प्रभावी भएको टिप्पणी गर्दै उहांले सहमतिबाट अगाडि बढ्नुको विकल्प नभएको दोहो¥याउनुभयो ।
सभापति कोइरालाले वर्तमान सत्तारुढ गठबन्धन नयां तानाशाह जन्माउन उद्यत् रहेको आरोप लगाउनुभयो । उहांले संघीयता, राज्यपुनर्संरचना र जातीय राज्यका बारेमा मात्र दलहरुबीच विवाद रहेकाले वार्ताको टेबुलमा बस्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल
काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई
काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली
काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको