मलेसियामा सहकर्मीबाट नेपाली युवाको हत्या

२७ श्रावण २०६९, शनिबार ०७:३१ मा प्रकाशित

क्वालालम्पुर मलेसिया, २७ साउन । धरमपुर ४ झापा घर भर्इ मलेसियाको मलक्कास्थित अलोर गाजाको जुलिस विष्कुट कम्पनीमा कार्यरत बलबहादुर तामाङको आफ्नै सहकर्मीको कुटाइबाट  मृत्यु भएको छ । संगै काम गर्ने अर्का नेपाली सुभोकलाल चौधरीले कुटेपछि गत बिहिबार मृत्यु भएको हो । सोही कम्पनीमा कार्यरत एक नेपालीले आफ्नो नाम सार्वजनिक नगर्ने शर्तमा बताएअनुसार गत सोमबार राती सुतीरहेको बेला तामाङमाथि चौधरीले काठको छडीले कुटपिट गरेपछि गम्भिर घाइते तामाङको अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो । करिब तीन बर्षअघिदेखि सो कम्पनीमा कार्यरत तामाङमाथि चौधरीले राती सुतीरहेको मौका छोपी अचानक आक्रमण गरेका थिए ।

“घट्नास्थलमा काठको ठूलो छडीले तामाङलाई कुटीरहेको अवस्थामा चौधरी भेटिएका थिए । हामीलाई देख्नेवित्तीकै उनी त्यहाँबाट भागे । तामाङको टाउको, घाँटी र खुट्टामा गम्भिर चोट लागेको थियो” सोही कम्पनीमा कार्यरत नेपालीले घटनाबारे भने “त्यसपछि तामाङलाई नजिकैको अस्पातालमा पुर्याइयो तर हिजो अबेर मृत्यु भएको खबर आयो ।” हाल घट्नाबारे त्यहाँ कार्यरत नेपालीलाई कम्पनीले फरार रहेका चौधरी पक्रन अफ्ठ्यारो हुनसक्ने भन्दै मिडियामा खबर नगर्न भनेको उनले बताए । “कम्पनी बोसले मिडियामा खबर गरेमा चौधरीलाई पक्राउ गर्न अफठ्यारो हुनसक्छ । अहिले कतै केही नभन्नु भनेको छ” कम्पनी मालिकलाई उध्दृत गर्दै ती नेपालीले भने “बरु पछि पक्राउ परेपछि भनौंला ।”

कुटपिट गर्ने चौधरी भने त्यसैदिनदेखि फरार छन् । फरार चौधरीबारे कम्पनीले सम्पूर्ण विवरण प्रहरीलाई दिई खोजी कार्य भइरहेको बताइएको छ । सिरहाको लहानका चौधरी कामकै शिलशिलामा करिब १० महिनाअघि मात्रै सो कम्पनीमा आएका थिए । कुटपीट पछि मृत्यु भएमा कुट्नेलाई हत्या गरेको बराबर कडा कार्बाही हुनसक्ने बताइन्छ । मृतक तामाङ र उनलाई कुट्ने चौधरीबीच पहिलेदेखि नै रिसीइबी भएरनभएकोबारे केही पनि खुल्न सकेको छैन । मृतक बलबहादुरको परिवारमा दुई छोरी, एक छोरा र श्रीमती रहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारतले नेपाललाई १.७ लाख टन युरिया र डायमोनियम फोस्फेट (डीएपी) मल सहयोग गर्ने भएको छ । टाइम्स अफ

यातायात व्यवस्था विभागले जेठ ४ गतेबाट लागू हुने गरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागले मङ्गलबार सूचना जारी गर्दै

नेपालमा ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको अनुमान छ । विश्व उच्च रक्तचाप दिवसका अवसरमा स्वास्थ्य सेवा विभागले यहाँ

बलेवा । बागलुङको बडिगाड गाउँपालिका–१ का ५३० घरमा एउटै आयोजनाको भर परेर पानी खानुपर्छ । त्यो पनि १२ किमी परको

आजको प्रमुख समाचार