सार्वजनिक सवारी साधनको हडताल जारी

२७ श्रावण २०६९, शनिबार ०७:२६ मा प्रकाशित

काठमाडौं, २७ साउन । सार्वजनिक सवारी साधनको प्रयोग गरेर दिनचर्या चलाउनु पर्ने आम सर्वसाधारण नेपालीले आज शनिबारको दिन पनि सास्ती व्यहोर्नुपर्ने भएको छ । सिन्डिकेटलाई प्रभावकारी बनाउने उद्देश्यसहित हडतालमा उत्रिएका यातायात व्यावसायीले सवारी नियम उल्लंघन गर्दा तिराइने जरिवानाको व्यवस्था खारेज गर्नुपर्ने मागलाई मुख्य मुद्दा बनाएका छन् । विभिन्न १५ सुत्रीय माग राख्दै अनिश्चितकालीन हडतालमा उत्रिएका व्यवसायीले जरिवानाको विषयलाई मुख्य माग बनाएपछि सरकारसंगको हिजोको वार्ता पनि विफल भएको छ । फलतः यातायात व्यावसायीहरुको हडताल आज पनि जारी रहने अवस्था निम्तिएको हो ।

यातायात व्यावसायीले आफूअनुकुल हुने गरी कारबाहीको अधिकार प्रत्यायोजन गर्न माग गरेपछि सहमति हुन नसकेको सरकारी अधिकारीहरुले जनाएका छन् । महानगरीय ट्राफिक प्रहरी निर्देशनालयका प्रमुख डिआइजी गणेश राईले प्रोत्साहन भत्ता र एक हजार रुपैयांसम्म जरिवाना गर्ने अधिकार खारेज गर्न यातायात व्यावसायीले माग राखेपछि सहमति हुन नसकेको जानकारी दिनुभयो । वार्ताका क्रममा सरकारी पक्षले सरकारी भत्ता र जरिवानाका कारण सवारी नियम उल्लंघनका घटनामा कमी आउकाले सो माग पूरा गर्न नसकिने धारणा राखेको थियो । आफूखुशी रुट प्रयोग गर्नेगरी सिन्डिकेट लागू गर्दै आएको यातायात व्यावसायी राष्ट्रिय महासंघ र तीनवटा मजदूर संगठनले हडताल गरेपछि लाखौं सर्वसाधारण मर्कामा परेका छन् । उनीहरुको हडतालका कारण मुलुकभर लामो र छोटो दूरीमा सार्वजनिक सवारी साधन चल्न सकेका छैनन् ।

सार्वजनिक सवारी साधन चल्न नसकेपछि मुख्य शहर, राजमार्ग र ग्रामीण क्षेत्रमा आवागमन ठप्पप्राय भएको छ । यद्यपि निजी सवारी साधन भने चलेका छन् राज्यका संयन्त्र कमजोर भएको फाइदा उठाउंदै सिण्डिकेट लागू गराउन सफल भएका याताात व्यावसायीले आफूअनुकूल हुनेगरी पटक–पटक सेवा बन्द गराउंदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।सरकारले स्यानिटरी प्याडमा कुनै पनि कर वृद्धि नगरेको स्पष्ट पारेको छ । महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याडमा मूल्यवृद्धि

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा विहान ११ बजे बैठक बस्ने तय

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाको अधिवेशन दशैँअघि नै गर्ने निर्णय गरेको छ। बिहीबार कांग्रेस पदाधिकारी र निर्वाचन समितिको छलफलबाट

चितवन । इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन्