बोस्टनमा साहित्यिक कार्यक्रम सम्पन्न

२७ श्रावण २०६९, शनिबार ०३:५२ मा प्रकाशित

कृष्णराज खनाल, बोस्टन । हिमालयन लायन्स क्लब, बोस्टनले हिजो साँझ साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ ।

क्लबको साहित्य प्रवर्धन तथा संरक्षण शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट आउनु भएका वरिष्ठ साहित्यकार पवन आलोकलाई खादाले स्वागत गरिएको थियो ।

त्यस अवसरमा वरिष्ठ गायक तथा संगीतकार नरेन्द्र प्यासी एवं न्यु ह्याम्पसायरमा बसोबास गर्दै आउनु भएका साहित्यकार तथा पत्रकारद्धय राजेश कोइराला र शेखर ढंगेललाइ पनि स्वागत गरिएको थियो । क्लबका अध्यक्ष साहित्यकार शिव प्रकाशले उहाँहरु सबैलाई खादा ओढाउनु भएको थियो ।

उक्त अवसरमा नेपाल स्रस्टा समाजका महासचिव साहित्यकार आलोकले जहाँ गए पनि नेपाली साहित्यिक कार्यक्रममा आफूले स्वागत पाएको उल्लेख गर्दै नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अंग्रेजी भाषामा अनुवाद गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

त्यस अवसरमा संगीतकार प्यासीले के भुल भयो प्रिया ….. भन्ने गीत गाएर कार्यक्रममा रौनकता थप्नुभएको थियो ।

कार्यक्रममा पवन आलोक, शाखाका संयोजक गजलकार तथा गीतकार गोवर्धन पूजा, गजलकार महेश्वर पन्त, कवि शिवप्रकाश, कृष्णराज खनाल, पेशल रेग्मी, दीपा राई, रमेश पराजुली, सरश वाग्ले, रोसनी खनाललगायतले समसामयिक रचना वाचन गर्नु भएको थियो ।

कवि शिव प्रकाशको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्व अध्यक्ष महेश्वर पन्तले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।