मोर्चा गठन गरेर माओवादीले भ्रम छर्न खोजेको कोइरालाको दाबी

२६ श्रावण २०६९, शुक्रबार २१:५० मा प्रकाशित

काठमाडौं, २६ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संघीयता पक्षधरले मोर्चा बनाएर अघि बढेपछि जारी राजनीतिक गतिरोधको निकास निकाल्न सजिलो हुने बताएका छन् । बुढानीलकण्ठ स्कूलका विद्यार्थी र शिक्षकले संचालन गरेको उज्यालो अभियानले आज राजधानीमा गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्डले माओवादीको नेतृत्वमा गठन गरिएको मोर्चाले दलहरुसंग वार्ता गरी संघीयताको सवालमा सहमति जुटाउने दाबी गरे । मोर्चामा कांग्रेस एमालेलगायतका दललाई पनि समेट्ने प्रयास गरिने उनको कथन थियो ।
उता नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संघीयता पक्षधरहरुको अलग मोर्चा बनाउने एमाओवादी लगायतका दलहरुको प्रयासलाई जनतामा भ्रम छर्ने काम भएको टिप्पणी गरेका छन् । उनले माओवादी झुठको खेती गर्न माहिर रहेकोले यस्तो झुठको पछि नलाग्न सबैलाई आग्रह गरे । माओवादीले जे–जे भने पनि उनीहरुको गठबन्धन चुनावसम्म पनि नटिक्ने कोइरालाले दाबी गरे । कांग्रेस संघीयताको विरोधि नभएको स्पष्ट पार्दै कोइरालाले सबैलाई स्वीकार्य हुने र मुलुकको आर्थिक अवस्थाले थेग्न सक्ने संघीय राज्यको पक्षमा कांग्रेस रहेको बताए । जातीय राज्यमा आफूहरु जान नसकिने प्रस्ट्याउंदै सभापति कोइरालाले माओवादीसंग वार्ता जारी रहेको र वार्ता एवम् सडक आन्दोलनलाई सन्तुलित ढंगले अगाडि बढाउने कांग्रेसको नीति रहेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बुधवार बसेको सत्तारुढ गठबन्धनको बैठकले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको