नेवि संघको विवाद मिल्यो

२६ श्रावण २०६९, शुक्रबार २१:३० मा प्रकाशित

काठमाडौं, २६ साउन । एकपक्षीय रुपमा महाधिवेशनको मिति तोकेको भन्दै देउवापक्षीय सदस्यहरुले असहमति जनाएका कारण विवादित बन्न पुगेको नेवि संघको किचलो तत्कालका लागि साम्य भएको छ । संघको आन्तरिक विवाद मिलाएर नयाँ महाधिवेशनको तिथि तोक्ने सहमतिसमेत आज भएको छ । असन्तुष्ट पक्षले समानान्तर महाधिवेशनको मिति सार्वजनिक गरेपछि विवाद चुलिएको थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं विद्यार्थी विभाग प्रमुख नविन्द्रराज जोशीको पहलमा आज भएको छलफलमा पछि सहमतिमा महाधिवेशन मिति तोक्ने कुरामा आपसी मिलेमतो भएको छ । नेविसंघका पूर्व केन्द्रीय सभापति र महामन्त्री भई पार्टीको शीर्ष तहमा पुगि सकेका नेताहरुसमेत आजको छलफलमा सहभागि थिए । ‘केही प्राविधिक बाहेक सवै कुरामा सहमति भईसकेको रआगामी आईतबार पत्रकार सम्मेलनमार्फत सहमति सार्वजनिक गरिने जोशीले बताए ।

ऋसिकेशजंग शाहले नेतृत्व गरेको देउवापक्षीय सदस्यहरुले महाधिवेशनको तिथि तोक्नुभन्दा अघि केन्द्रीय समितिमा मर्यादाक्रम मिलाउनुपर्ने, निर्वाचन समिति, अनुशासन समिति पुर्नगठन गर्नुपर्ने र केन्द्रीय प्रतिनिधि सन्तुलित रुपमा छनौट गरिनुपर्ने माग राखेका थिए । ती माग पुरा नगरीकनै संस्थापन पक्षले पुसको २५–२७ सम्म महाधिवेशन गर्ने मिति तोकेको भन्दै देउवा पक्षीय सदस्यहरुले आपति जनाएका थिए । देउवा पक्षीय समूहले पनि पुसको १७–१८ गतेको समानान्तर तिथि तोकेको थियो । आजको छलफलमा देउवा पक्षीय सदस्यहरुले उठाएको मागलाई समेत सम्वोधन गरी महाधिवेशनको नयाँ मिति तोक्ने सहमति भएको हो । जोशीका अनुसार महाधिवेशनका लागि माघको दोस्रो साता या तेस्रो साताको तिथि तोकी पार्टीमा सिफारिस गरिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर नेपालमा महामारीकै रुपमा फैलिन थालेको छ । सोमबार १२सय ८२ नयाँ संक्रमित थपिएका छन्

काठमाडौँ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने भएको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल