सरकार र यातायात व्यवसायीबीचको वार्ता विफल

२६ श्रावण २०६९, शुक्रबार २०:०० मा प्रकाशित

काठमाडौं २६ साउन । सरकार र आन्दोलनरत यातायात व्यवसायीहरुबीच आज भएको वार्ता विफल भएको छ । वार्ता विफल भएपछि यातायात व्यवसायीहरुले सार्वजनिक यातायातका साधान भोली पनि नचलाउने भएका छन् ।
वार्तामा आफूहरुको मागबारे छलफल भएपनि कुनै सहमति हुन नसकको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष डोलराज खनालले बताए । उनले भने, ‘हामीले आफ्ना माग राख्यौं, सरकारी अधिकारीहरुले तपाईहरुले राखेको मागका बारेमा पछि छलफल गरौंला अहिले आन्दोलन फिर्ता लिन भनेपछि वार्ता विफल भयो ’ वार्तामा सरकारले यातायात व्यवसायीहरुको अधिकांश माग पूरा गर्ने बताएपनि हजार रुपैयाँ सम्म जरिवाना गर्न पाउने गरी सरकारले ट्राफिक प्रहरीलाई दिएको अधिकार खारेज गर्नु पर्ने माग अस्वीकार गरेको स्रोतले बतायो । आफ्नो अनुकुल व्यवस्था हुनु पर्ने माग राख्दै यातायात व्यवसायीतथा मजदुरहरुले शुक्रबारबाट देशभर सार्वजनिक यातायात सेवा बन्द गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सम्झौता अवधि सकिएको झण्डै नौ महिनापछि कन्सेप्ट डेभलोपमेन्ट प्रालिले काठमाडौँ प्लाजामा रहेका अधिकांश पसल हटाएको छ । गत

काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटको नजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन