पत्रकार, प्रशासन र प्रहरीवीचको सहकार्यमा जोड

२६ श्रावण २०६९, शुक्रबार १८:२७ मा प्रकाशित

ईटहरी, २६ साउन । पत्रकार, प्रशासन र प्रहरीवीचको सहकार्यले नै अपराधलाई नियन्त्रण गर्न सक्नेमा पूर्वाञ्चलका सुरक्षा, प्रशासन प्रमुख र पत्रकार अगुवाहरुले जोड दिएका छन् । रिपोर्टर्स क्लब नेपाल सुनसरी शाखाले आयोजना गरेको पुरक्षित पत्रकारिता, सुरक्षा अंगको दायित्व जवाफेहिता र सहकार्य विषयक अन्र्तक्रियामा मा सहभागीहरुले त्यस्तो जोड दिएका हुन ।
कार्यक्रममा पूर्वान्चल क्षेत्रीय प्रशासकबाट हालै बन सचिवमा सरुवा भएका कृष्णचन्द्र पौडेलले अन्र्तक्रियाको उद्घाटन गर्दै प्रशासन र पत्रकारिता क्षेत्र मिलेर अगाडि बढे सबै खालका विकृतिहरुको सहज अन्त्य हुने बताए । उनले मुलुकमा राजनीतिक पत्रकारिता धेरै भएको भन्दै अब ग्रामिण, विकास, आर्थिक पत्रकारिताको माध्यमबाट मुलुकको परिवर्तनमा भूमिका खेल्नु पर्ने धारणा रोख ।
पूर्वान्चल क्षेत्रीय प्रहरी प्रमुख डिआईजी सुरेन्द्रबहादुर शाहले पूर्वान्चलको प्रहरी पत्रकारसँगको सहकार्यमा अगाडि बढिरहेको भन्दै आफ्नो कार्यकालमा अनैतिक गर्ने २१० जना प्रहरीमाथि कारवाही समेत गरेको बताए । उनले पत्रकार माथि आक्रमण गर्नेलाई कुनै पनि हालतमा उन्मुक्त हुन नदिने प्रतिबद्धता ब्यक्त गर्दे पत्रकार र प्रहरीवीच नङ र मासुको सम्बन्ध भएको बताए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर थापाले मिस कम्यूनिकेशनले गर्दा अहिलेसम्म पत्रकार र प्रशासन क्षेत्रमा अन्यौलता देखिएको भन्दै आफुहरु पत्रकारसँगको सहकार्यमा अगाडि बढ्न तयार भएको बताए ।
अन्र्तक्रियामा पत्रकार विजय मिश्रले पत्रकार सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए  । जसमा पत्रकार कृष्ण अधिकारी, राजेश विद्रोहीले टिप्पणी गरेका थिए । त्यसैगरी कार्यक्रममा पत्रकारमहासंघ क्षेत्रीय प्रतिनिधि मोहन काजी न्यौपाने, सुनसरीका अध्यक्ष केशब घिमिरे, धनकुटाको अध्यक्ष मोहन बान्तवा, सप्तरीका अध्यक्ष धिरेन्द्र साहले पनि पत्रकारको सुरक्षा अवस्थाको विषयमा जानकारी दिएका थिए । रिपोर्टर्स क्लब सुनसरीका अध्यक्ष धनबहादुर पुरीको सभापतित्वमा भएको कार्यक्रमा कोषाध्यक्ष सरस्वती कटुवालले स्वागत मन्तब्य ब्यक्त गरेकी थिईन ।

zflGt ;+oGq ;dGjo dxfzfvfsf

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

चितवनको माडी नगरपालिका–९ अयोध्याधाममा राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति स्थापना गरिने भएपछि निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ

गएराति आएको हुरीबतासले धनमालको क्षति भएको छ । प्रारम्भिक सूचनानुसार जिल्लामा ५० घरको छाना उडाएको जानकारी रेडक्रसले जनाएको छ ।

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई