नक्कली टिकट प्रकरणमा लामा उदासिन

२६ श्रावण २०६९, शुक्रबार १९:४९ मा प्रकाशित

काठमाडौं, २६ साउन । सात दोबाटोस्थित पौडीपोखरीमा भएको नक्कली टिकट प्रकरण छानबिनका लागि गठित समितिले घटना भएको एक महिना बिते पनि भरखरै मात्र काम सुरु गरेको छ ।
तीन दिनअघि मात्र छानबिन समितिले सातदोबाटोमा गएर घटनाका सम्बन्धित सबैसँग सामान्य सोधपुछ तथा स्थलगत अनुगमन गरेको थियो । त्यसपछि ११ जनालाई पत्र काटी लिखित जवाफ माग गरिएको छ । गत २० असारमा टिकट जाँच गर्ने क्रममा एक सय दरका पाँचवटा नक्कली टिकट भेटिएको थियो । त्यसै विषयमा अन्तर्राष्ट्रिय परिसर प्रमुख केसरी चित्रकार र अधिकृत मधुसूदन बस्नेतलाई नेपाल खेलकुद प्रतिष्ठानमा सरुवा गरिएको छ । त्यस्तै टिकट बिक्री र जाँचमा काम गर्ने केही कर्मचारीलाई पनि अन्य ठाउँमा सरुवा गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव युवराज लामाले राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङको संयोजकत्वमा कानुन शाखा प्रमुख नारायण अर्याल र लेखा प्रमुख वासुदेव आचार्य सदस्य रहने गरी तीनसदस्यीय छानबिन समिति गठन गरी प्रतिवेदन बुझाउन सात दिनको समय दिएका थिए ।
छानबिनका सम्बन्धमा स्वयं संयोजक थिङ नै गम्भीर देखिएका छैनन् भने समिति गठन गरेका सदस्यसचिव लामाले पनि त्यसयता चासो दिएका छैनन् । थिङ आफ्नै काममा व्यस्त भएको स्रोत बताउँछ । ‘बिदा धेरै परेकाले काम ढिलो गरी सुरु भएको हो,’संयोजक थिङले भने ।
यता सात दिनको समय दिएका सदस्यसचिव लामा पनि ‘प्रारम्भिक कारबाही भएकै छ, छानबिन त विस्तारै हँुदै जाने कुरा हो नि †’ भन्न थालेका छन् । ‘छानबिन भन्ने कुरा विस्तारै हँुदै जाने कुरा हो, काम गर्दै जाँदा पाँच वर्षसम्म समय लाग्न सक्छ,’ लामाले भने,
‘जो–जो घटनामा संलग्न भएको आशंका गरिएको छ, उहाँहरूलाई प्रारम्भिक कारबाही गरिएकै छ । अब प्रतिवेदन त विस्तारै ल्याए भइगयो नि †’ भष्टाचार र अनियमितताजस्तो गम्भीर विषयमा अत्यन्तै हलुंगो रूपमा प्रस्तुत हँुदै लामाले आफ्ना लागि छानबिनभन्दा पनि खेलकुदको विकास प्रमुख प्राथमिकताको विषय भएको बताए । उनले छानबिन समितिले काम गरिरहेको सम्भावना व्यक्त गर्दै प्रतिवेदन आइसकेपछि मात्र बोल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

मुम्बइ । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ ।

नयाँदिल्ली । १४औँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बैंगलोरले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन

विश्वकै सर्वाधिक लोकप्रिय क्रिकेट लिग, इन्डियन प्रिमियर लिगको चौधौं संस्करण आजबाट सुरु हुँदैछ । कोभिड- १९ को प्रकोप खेपिरहेको भारतले

लन्डन । युएफफा च्याम्पियन्स लिगअन्तर्गत बिहीबार बिहान सम्पन्न तेस्रो क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन (पिएसजी) र इग्लिस क्लब चेल्सी