विपक्षि दल निकट विद्यार्थी संगठन पनि आन्दोलनमा जाने

२६ श्रावण २०६९, शुक्रबार १७:३५ मा प्रकाशित

काठमाडौं, २६ साउन । विपक्षि दल निकट विभिन्न विद्यार्थी संगठनहरुले पनि सरकार विरुद्ध आन्दोलन गर्ने भएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले लगायत विपक्षी दल निकट २१ युवा विद्यार्थी संगठनले प्रधानमन्त्री निवास वालुवाटार घेर्ने सम्मका आन्दोलनका कार्यक्रम तय गरेका छन् । युवा संघ, तरुण दल लगायतका युवा विद्यार्थी संगठनको आज बसेको संयुक्त बैठकले सरकार विरुद्ध २८ गतेदेखि भदौ २ गते सम्मका आन्दोलनका कार्यक्रम तय गरेको युवा संघ नेपालका उपाध्यक्ष झपट रावलले बताए ।
‘सबै संगठनहरुको संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गछौं’, उपाध्यक्ष रावलले भने, ‘आन्दोलनका कार्यक्रम भोली दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौं ।’ वर्तमान सरकार राष्ट्रघाति भएको र सरकारलाई सत्ताच्युत गरेर राष्ट्रिय सहमतिको सरका गठन नभएसम्म आन्दोलन नरोकिने रावलले बताए । २१ युवा तथा विद्यार्थी संगठनले आन्दोलनको कार्यक्रम अन्तर्गत बेलुकी ६ बजे काठमाडौंका विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गर्ने बताएका छन् । आज विहान मात्र काँग्रेस एमाले लगायत विपक्षी दलमा आवद्ध २१ युवा संगठनहरुले संयुक्तरुपमा दुईघण्टा सिंहदरबार घेराउ गरेका थिए । सरकारको बिरोधमा भन्दै उनीहरुले बिहान ९ बजेदेखि ११ बजेसम्म सिंहदरबार घेराउ गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशका ७५३ पालिकामध्ये ५७० वटामा मतगणना सकिएको छ । मतगणना सकिएका पालिकामध्ये सबैभन्दा बढीमा नेपाली कांग्रेसले जित निकालेको

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा विषयले निकै चर्चा पाइरहेको छ । नपाओस् पनि किन, बलात्कारको घटना छ । त्यसमा

काठमाडौं । स्थाीय तह निर्वाचनको जारी मतगणनामा नेपाली कांग्रेसले हालसम्म साढे दुई सयभन्दा बढी पालिकाको प्रमुख तथा अध्यक्षमा जीत हात

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणनासँगै परिणाम आउने क्रम पनि जारी छ । आज (बिहीबार) दिउँसो १२ः३० बजेसम्म ५५५ पालिकाको