सुचनाको हक : हाम्रो अधिकार बिषयक अन्तर उच्च मा.बि. स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न

१ चैत्र २०६८, बुधबार १०:२२ मा प्रकाशित

बाँके चैत्र १|ब्राईटल्याण्ड स्कुलको प्रायोजनमा  नेपालगञ्जमा सम्पन्न सुचनाको हक : हाम्रो अधिकार बिषयक अन्तर उच्च मा.बि. स्तरिय बक्तृत्वकला प्रतियोगिताका सहभागिहरुले सो कुरा बताएका हुन् ।उनीहरुले सुचनाले सर्बसाधारणलाई मजबुत बनाउने तर्क समेत पेश गरेका थिए । बिभिन्न उच्च मा.बि.का बिद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा ज्ञानोदय उच्च मा.बि. खजुराकी राधा सुनार प्रथम, आदर्श उच्च मा.बि. खजुराका भीम बहादुर कठायत द्धितिए र ब्राईटल्याण्ड कलेजका जयस राई तृतिए भएका थिए ।

बिजयी प्रतियोगिहरुलाई ब्राईटल्याण्ड कलेज संचालक समितिका सदस्य डा. अबनिन्द्र दल मिश्र, निर्णायकको भुमिका निर्बाह गरेका स्वतन्त्र बिद्यार्थी, युनियन म.ब. क्याम्पसका सभापति राम बहादुर बि.क., सद्भाब राष्ट्रिय दैनिकका सम्पादक दामोदर भण्डारी र जिल्ला बार ईकाई, नेपालगञ्जका अध्यक्ष अधिबक्ता बिश्वजित तिवारीले पुरस्कार र प्रमाणपत्र बितरण गरेकाथिए ।बासका सुदुरपश्चिमाञ्चल उपाध्यक्ष हेमराज भट्टले संचालन गरेको कार्यक्रममा बासका कार्यक्रम संयोजक गगन थापाले स्वागत, अध्यक्ष राजु लामिछानेले उद्धेश्य माथि प्रकाश र निर्देशक नमस्कार शाहले धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा ब्राईटल्याण्ड कलेज संचालक समितिका सदस्य डा. अबनिन्द्र दल मिश्र, निर्णायकको भुमिका निर्बाह गरेका स्वतन्त्र बिद्यार्थी, युनियन म.ब. क्याम्पसका सभापति राम बहादुर बि.क., सद्भाब राष्ट्रिय दैनिकका सम्पादक दामोदर भण्डारी र जिल्ला बार ईकाई, नेपालगञ्जका अध्यक्ष अधिबक्ता बिश्वजित तिवारीले मन्तव्य समेत व्यक्त गरेका थिए ।

http://www.butwalonline.com/2012/03/blog-post_8967.html

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा