उपराष्ट्रपति पनि संविधानसभा पुनस्थापनाको पक्षमा

२६ श्रावण २०६९, शुक्रबार १७:२१ मा प्रकाशित

काठमाडौं, २६ साउन । उपराष्ट्रपति परमानन्द झाले मुलुको समस्या समाधान गर्ने एक मात्र उत्तम विकल्प संविधानसभाको पुनःस्थापना रहेको बताएका छन् । प्रमुख दलहरुबीच सहमति गरेर अन्तरिम संविधानलाई संविधानसभाबाट  संशोधन गराए राजनीतिक गतिरोध निकास निकास आउँछ,’ उपराष्ट्रपति झाले भने, ‘संविधानसभा पुनस्थापना भयो भने सबै विवादीत कुराको छिनोफानो गर्न सकिन्छ ।’
‘संविधानसभाको पुनःस्थापना वा निर्वाचन जुनसुकै विकल्पमा जान पनि संविधान संशोधन गर्नै पर्छ’, झाले राजधानीमा सञ्चारकर्मीहरुसंग भने, ‘म यसमा स्पष्ट छु । तर, निकास दलहरुले मात्रै दिन सक्छन ।’ उनले राष्ट्रपतिले बाधा अड्काउ फुकाएर संविधानको संसोधन हुन नसक्ने स्पष्ट पार्दै संविधानसभा पुनःस्थापना गरेर गतिरोध अन्त्य गरे सबैलाई मान्य हुने जिकीर समेत गरे ।
‘संविधानको संसोधन राष्ट्रपतिले बाधा अडकाउ फुकाएर गर्ने होईन’, उनले भने, ‘संविधानको संसोधन संविधानसभाबाट मात्रै गर्न सकिन्छ ।’ गतिरोध अन्त्यका लागि राष्ट्रपतिले घच्घच्याउने काम गरि नै रहनु भएको छ झाले थपे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कुनै प्रगति नभएको नेता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका