मोर्चा बनाउँदा विपक्षि दलसंग कुरा गर्न झन सजिलो : प्रचण्ड

२६ श्रावण २०६९, शुक्रबार १७:०६ मा प्रकाशित

काठमाडौं, २६ साउन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षिदलहरुसंग वार्ता गर्नकै लागि संघीयता पक्षधरको मोर्चा आवश्यक देखिएकाले सत्तारुढ दलहरुको मोर्चा निर्माणमा लागिएको जानकारी दिएका छन् ।
कांग्रेस–एमालेलगायतका दलहरुसँग वार्ता गरी राजनीतिक सहमति जुटाउन पनि मोर्चाको खाँचो प¥यो,’ राजधानीमा आयोजिक एक कार्यक्रमपछि सञ्चारकर्मीसंग अध्यक्ष प्रचण्डले भने, ‘यो मोर्चा धेरै अघि बनाउनु पथ्र्यो निकै ढिला भएछ ।’ ‘राजनीतिक सहमति जुटाउने उद्देश्यले नै समान विचार भएका पार्टीहरु, संघ संस्थाहरु एउटा मोर्चामा आवद्ध भयो भने राजनीतिक सहमति बनाउन सजिलो हुन्छ, त्यसैले पनि यसको खॉचो देखियो,’ प्रचण्डले भने, ‘सत्तारुढ दलले मोर्चा बनायो भनेर कांग्रेस, एमाले जस्ता पार्टीहरु डराउनु पदैन, यसले झन सहज गराउँछ ।’
प्रचण्डले राजनीति सहमति विना अहिलेको राजनीतिक गतिरोध, संवैधानिक संकट समाधान सम्भव नभएको समेत बताए । अग्रामी राज्य पुनःसंरचना र सबै प्रकारको भेदभाव अन्त्य गर्नु मोर्चाको लक्ष्य रहेको प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षकालाई हटाएर स्थायी समिति गठन गरेका छन्

काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका एमाले सांसद कारबाहीमा परेका छन् । नेकपा एमाले महाधिवशेन आयोजक कमिटीको

नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले २० हजार क्रियाशील सदस्यता बनाएको छ । यसका लागि पुराना सदस्यता नवीकरणसँगै नयाँ सदस्यता प्रदानसमेत गरी दोब्बर