चितवन राष्ट्रिय निकुञ्जद्धारा राहत वितरण

२६ श्रावण २०६९, शुक्रबार १५:१२ मा प्रकाशित

चितवन, २६ साउन । चितवन राष्ट्रिय निकुञ्जको प्राकृतिक सिमानाका रुपमा रहेका नारायणी, राप्ती र रिउ खोलाले जमिन कटान गर्दा पीडित भएका किसानलाई चितवन राष्ट्रिय निकुञ्जले राहत वितरण गरेको छ । चितवन र नवलपरासी क्षेत्रको मध्यवर्ति क्षेत्रका ४१ जनालाई राष्ट्रीय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन २०२९ ले गरेको ब्यवस्था बमोजिम ४० लाख रुपैयाँ राहत रकम वितरण गरिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत टिकाराम पौडेलले बताए ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य र मध्यवर्ति क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष यमबहादुर परियारले राहत रकम बितरण गरेका हुन् ।  पश्चिम चितवनको मेघौली ५ की अन्तरीया देबी थरुनीले सबै भन्दा बढी २ लाख ५० हजार रुपैयाँ राहत पाएका छन् । उनको पाँच कठठा जमिन नारायणी नदिले कटान गरेको छ ।
राष्ट्रिय निकुञ्ज ऐन, २०२९ मा निकुञ्जको मध्यवर्ति क्षेत्रको कुनै पनि बासिन्दाको घर जग्गा बाढी पहिरोका कारण राष्ट्रिय निकुञ्जको प्राकृतिक सिमानामा पर्न गई स्थानीय बासिन्दाको घरबास उजाड भएमा एन बमोजिम गठित उपभोक्ता समितिको सिफारिसमा सम्बन्धित निकुञ्जले सामुदायिक विकास कोषको रकमबाट निज ब्यक्तिलाई मुनासिब क्षतिपुर्ति दिने ब्यवस्था छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्राकृतिक सिमानाका रुपमा रहेका नारायणी, राप्ती र रिउ खोलाले सयौ बिगाहा जमिन कटान गरि निकुञ्जको प्राकृतिक सिमाना भित्र पारेपनि निकुञ्जका लागि बिनियोजन हुने रकम न्युन भएकाले थोरै पीडितलाई मात्र राहत रकम उपलब्ध गराईदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूचीअनुसार

काठमाडौं । नयाँ सत्ता समीकरणमा लगभग सहमति नजिक पुगेका तीन दल अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान

काठमाडौ । सरकारले शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ । कोभिड – १९ व्यवस्थापन केन्द्र