अदालतले भन्यो,‘कुखुराको भालेले निर्धक्क बास्न पाउनुपर्छ’

३ आश्विन २०७६, शुक्रबार १७:४९ मा प्रकाशित

एजेन्सी, ३ असोज । फ्रान्सको अदालतले कुखुराको भाले बास्न पाउने फैसला गरेको छ । माउरिस नामको उक्त भाले बास्दा चर्को आवाजका कारण डिस्टर्ब भएको भनी छिमेकीले दायर गरेको मुद्दामा अदालतले भालेले निर्धक्कसँग बास्न पाउनुपर्ने फैसला गरेको हो ।

अदालतको उक्त फैसलासँगै फ्रान्सको ओलेरन टापुका कोरिने फेसेउ नामका व्यक्तिले सो भाले आफ्नो घरमै राख्न पाउने भएकी छिन् । उक्त भालेको पक्षका वकिलका अनुसार अदालतको फैसलापछि भालेकी मालिक्नीले भालेलाई साथमै लान पाउने भएकी हुन् ।

अदालतले कुखुराको मामिलामा फेसेउको बेइज्जत गरेको भन्दै भाले विरुद्ध मुद्दा हाल्ने छिमेकीहरुलाई १ हजार युरो जरिवाना को फैसला सुनाएको छ ।

भालेलाई बास्न दिन नहुने भन्दै अदालतमा मुद्दा परेपछि जनावर अधिकारकर्मीले १ लाख २० हजार हस्ताक्षर संकलन गरेका छन् । गत जुलाईमा अदालतमा भएको सुनुवाइका क्रममा उनीहरुले अदालतमा ठूलो संख्यामा कुखुराहरु भेला गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अफ्रिकी मुलुक मालीको स्वास्थ्य मन्त्रालयले आफ्नो देशकी एक जना २५ वर्षीया महिलाले एकै पटकमा नौ जना बच्चालाई जन्म दिएको बताएको

घानाकी अभिनेत्री एक अभिनेत्रीले आफ्नो छोरासँगको न्युड तस्विर सार्वजनिक गरेको भन्दै अदालतले ९० दिनको जेल सजाय सुनाएको छ । सन्

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने