विपक्षी दलका युवाहरुले घेरे सिंहदरबार

२६ श्रावण २०६९, शुक्रबार १४:५७ मा प्रकाशित

काठमाडौं, २६ साउन । विपक्षी दल आवद्ध नौं युवा÷विद्यार्थीले मुलुककै केन्द्रीय प्रशासनिक थलो सिंहदरबार दुई घण्टा घेराउ गरेका छन् । घेराउ र धर्नाका कारण निर्धारित समयमा प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरु सिंहदरबार प्रवेश गर्न पाएनन् ।
कामचलाउ सरकारका कामकारबाहीको विरोध र राष्ट्रिय सहमतिका लागि दबाव दिदै युवा÷विद्यार्थीले सिंहदरबार घेराउ गरेका हुन् । उनीहरुको दुई घण्टे घेराउ र धर्नालाई ध्यानमा राखेर स्थानीय प्रशासनले सो क्षेत्रमा उच्च सुरक्षा सर्तकता अपनाएको थियो ।
भद्रकाली, पद्मोदयमोड, पुतलीसडक, बबरमहल, हनुमानथान, माईतिघर मण्डलामा नौं युवा÷विद्यार्थी समर्थक कार्यकर्ताको सहभागिता रहेको थियो । सरकारले आफूहरुका माग पुरा गर्ने तर्फ ध्यान नदिए थप कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेविसंघका अध्यक्ष रञ्जीत कर्णले जानकारी दिए ।
धर्ना तथा घेराउमा नौं विद्यार्थी संगठनका तर्फबाट प्रचार गरिए जस्तो उल्लेख्य कार्यकर्ताको उपस्थिति नहरको सुरक्षा निकायको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही