घरजग्गा हडप्न बोक्सोको आरोप

२६ श्रावण २०६९, शुक्रबार १०:४९ मा प्रकाशित

काठमाडौं, २६ साउन । बोक्सो भएको आरोपमा काभ्रे शिखर आम्बोटको एक लामा परिवार गाउंबाटै बिस्थापित बन्न पुगेको छ । गाउंकै पोते लामा र उनका छोरा सार्कीलामाले बोक्सो बनेर आफ्नो भैंसीलाई भेदेको आरोप लगाएर ६५ वर्षिय सूर्यमान लामा परिवारसहित गाउं छोड्न बाध्य भएका हुन् ।
गत असार २६ गतेको घटना हो । खेतमा काम गरेर बसिरहेका सूर्यमानलाई पोते र सर्कीमानले एक्कासी खेतैमा पुगी भेदाहा र बोक्सा आरोप लगाउंदै कुटपिट गरे । सूर्यमानका छोरा र बुहारीमाथि पनि उनीहरुले हातपात गरे र तुरुन्तै गाउँ नछोडे मार्ने चेतावनी दिए । यतिमात्र होइन, यस विषयमा अन्त कतै उजुरबाजुर गरेमा पनि ज्यान नबच्ने ज्यान मार्ने धम्की समेत उनीहरुले दिएको पीडित लामाको भनाई छ । लामा परिवार त्यसपछि गाउं छोडेर हिंडेका हुन् ।
घटनाबारे गहिरिएर बुझ्ने क्रममा जानकारी भएअनुसार पोतेका बाबु देवानसिंह तत्कालीन गाउँ पञ्चयतको वडाध्यक्ष हुँदा २०३१ सालमा सूर्यमानले ७ सय रुपैयाँ सापटी लिएका थिए । रकम लिएपछि देवानले सूर्यमानको घरबारी कब्जा गरे । सूर्यमानका अनुसार त्यही पैसा तिर्न २० वर्षसम्म देवानको घरमा उनी हली बसे । उनकी श्रीमती पनि उनकै घरमा कपडा धुने, भाँडा माझ्ने, खाना पकाउने, गाई(भैंसीको गोबर सोहर्ने काम गर्थिन् । लामासँग लिएको ७ सय रुपैयाँ ऋणको २०३३ सालमा साँवा ब्याजसमेत गरी ५ हजार २ सय रुपैयाँ बुझाए तर उनको घरबारी भने फिर्ता भएन । ुआजभोलि भन्दै आलटाल गरे,ु उनले भने, ुफिर्ता नगरी उनी मरे, त्यसपछि मैले पनि हलीको काम छोडिदिएँ ।ु

आफूसँग भएको दुई रोपनी बारीसमेत देवानको परिवारले कब्जा गरेपछि सूर्यमान परिवारसहित गाउँमै ज्याला मजदुरी र स्थानीय चन्द्रबहादुर लामाको खेत कमाई छाप्रो बनाई जीवन निर्वाह गर्दै आएका थिए । ुदेवान सिंले कब्जामा राखेको मेरो घरबारी आफ्नो नाममा गराइसकेको रहेछ,ु उनले भने, ुऊ मरेपछि उसकी श्रीमती रानी र छोरा पोतेले त्यो जग्गा आफ्नो नाममा नामसारी गरे ।ु २ रोपनी आफ्नो जग्गा उनीहरूले हडपेपछि न्यायको माग गर्दै उनले धेरैलाई हारगुहार गरे पनि तर उनको कुरा कसैले सुनेनन् ।
अहिले उही देवानको परिवारबाटै गाउँ निकाला हुनु परेको दुखेसो सूर्यमानले सुनाए । उनी न्यायको खोजीमा धुलिखेल र राजधानीका गल्लीहरूमा भौंतारिँदैछन् । ुजसरी भए पनि न्याय दिलाइदिनु पर्‍यो,ु उनले अनुरोध गरे ।
गाउँ निकालापछि उनले जीउ ज्यान सुरक्षा र आफ्नो घरबारी फिर्ता गराइदिन साउन १२ गते जिल्ला प्रशासन कार्यालयमा निवेदनसमेत दिएका छन् । निवेदन दर्ता भएपछि प्रशासन कार्यालयले दोषीलाई पक्राउ गर्न प्रहरीलाई पत्रै लेखेर निर्देशन दिइसकेको छ । ुपोते र उसको छोरा सार्कीमानलाई खोजिरहेका छौं, जिल्ला प्रहरी प्रमुख सुरेन्द्रप्रसाद मैनालीले भने, ुछिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउँछौं । पीडित सूर्यमानले प्रशासन कार्यालयमा निवेदन हालेको थाहा पाउनेबित्तिकै पोते र सार्कीमान फरार छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको परराष्ट्रमन्त्रीमा डा नारायण खड्का नियुक्त हुनुभएकामा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करले उनीप्रति बधाई ज्ञापन गरेका छन् ।

काठमाडौँ । दिवङ्गत पितृका नाममा प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको

काठमाडौं। सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

म्याग्दी।सोह्रश्राद्ध सुरू भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुस्ताङको कागबेनीमा पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजनहरू पुग्न थालेका