कमजोर कांग्रेसः अस्तित्व रक्षाका कुरा

१ चैत्र २०६८, बुधबार १०:१५ मा प्रकाशित


आर.आर. पोख्र्रेल
पार्टी भित्रका प्रभावशाली व्यक्तित्वहरू किनारा लागेर असक्षम व्यक्तिहरूले पार्टी संचालन गर्दा कांग्रेसको संगठन बलियो बन्न सकेन। कांग्रेस दिनपर दिन प्रभावहीन वन्दै गएको महसुस आम कार्यकर्ताले गर्न थालेका छन। नेपाली जनताको भरोसा टुट्दै गएको छ कांग्रेसमा। कांग्रेस विग्रहको घाउ नेतृत्वबाटै कोट्याई रहेको महसुस भईरहेको छ। आफ्नै दलका शाहसी सहकर्मीको तेजोबध गर्न प्रतिष्पर्धी एमाले र माओवादीको सहारा खोजेकै कारण माओवादीको त्यतिधेरै सीट आउन सकेको यथार्थ सबैसामू छर्लङ्ग छ। कांग्रेस बलियो होला भन्दा दिनप्रतिदिनको अन्तरकलहले झनझन कमजोर बन्दै गएको छ।
कांग्रेसले लोकतान्त्रिक आन्दोलनमा निभाएको भूमिका र स्थापित संरचनाहरूलाई मेटाईदैछ। पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस हटाउने निर्णय कांग्रेसले किन गर्न परेको र के पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका होईनन। के गल्ती थियो पृथ्वीनारायण शाहको? के नेपाली जनतालाई त्यो जान्ने अधिकार छैन। कसलाई खुसी गराउन तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले र स्वयं कांग्रेस नेतृत्वको सरकारले यस्तो निर्णय गर्योल? के नेपाली जनताले यो थाहा पाउनु पर्दैन। (शहीद गेटबाट त्रिभुवनको शालिक हटाउने प्रयास) गर्दा कांग्रेस किन बोल्दैन? के त्रिभुवनको नेपालमा प्रजातन्त्र लाउन योगदान थिएन। के इतिहास भेट्दा चुप लागेर बवस्ने हो भने के भोलि कांग्रेसका पनि इतिहास मेटिन सक्दैन।। न्यायिक सर्वोच्चता र संसदीय मूल्य मान्यताको उपहास भईरहँदा किन कांग्रेस मौन बसिरहेकोछ? आज सवै नेपाली अचम्मित भईरहेका छन। संसदीय मूल्यमान्यता पतनोन्मुख हुँदा कांग्रेस बलियो भएको सन्देश गएको छ त? बरु आज कांग्रेसले आफ्नो पहिचान गुमाउदै गएको छ।
कांग्रेसलाई लागेको आरोप
राष्ट्रियता र प्रजातन्त्रको लागि छ दशकभन्दा लामो संघर्ष गरेको कांग्रेसले आज राष्ट्रिय स्वाभिमान, राष्ट्रिता र प्रजातन्त्रप्रति जिम्मेवारीबोध देखाउन सकेको छैन। प्रत्यक्ष रुपमा वा अन्तराष्ट्रिय जगतको रोहबरमा माओवादी समक्ष समर्पण गरेको आरोप लागेको छ। माओवादी सत्ता कब्जाको खेललाई कांग्रेसले बुझ्न सकेको छैन। हिजो कांग्रेस भएकै कारण लुटिएका, बेचविखनमा परेका घर जग्गाको स्वामित्वलाई वैधानिकता दिन र कांग्रेसको ६ दशक लामो ऐतिहासिक योगदानलाई कलंकित बनाउने योजनालाई वैधानिकता दिलाउन नैतिकता र जनादेशको वैधानिकता गुमाईसकेको संविधान सभाको भत्ता कांग्रेसले बुझिरहेको छ। नेपाली मौलिकता, धर्म संस्कृति, न्यायप्रणाली र राष्ट्रिय पहिचान मेटाउन नजानेरै प्रयोग भयो कांग्रेस। राष्ट्रप्रति उत्तरदायी नेपाली सेनाभित्र राजनीतिक कुसंस्कार प्रवेश गराउने नीतिमा सहमत भयो कांग्रेस। कांग्रेस यतिबेला राष्ट्रघातको आरोपबाट कलंकित हुने अवस्थामा छ। लहडी निर्णय गरेर मुलुकलाई अराजकता, अनिश्चिता र विखण्डनको भड्खालोमा हाल्न कांग्रेस गोटी बनेर देखा पर्योर। यसरी अहिले कांग्रेस सत्ताको लोभमा परेर आफ्नो पहिचान गुमाउदै वाम पन्थीहरूको पिछलग्गु बनिरहेको छ।
सत्य र निष्ठाको अपमान
२०४६ सालको परिवर्तनपछि ११४ सीट पाएको कांग्रेसभित्र बढेको अन्तरकलहले मध्यावधिमा जानुपरेको कांग्रेसलाई ८३ सीटमा सीमित हुनु परेको थियो। यो पराजयको क्षतिपूर्ति गरेर पार्टीलाई पुरानै अवस्थामा पुर्यामएर छोड्ने तत्कालीन पार्टी सभापतिको संकल्पलाई साकार पार्ने तत्कालीन गृहमन्त्रीको योगदानलाई भूलको छ कांग्रेसले, अपमान गरेको छ कांग्रेसले। कांग्रेस यस्तै होमा हिड्यो भने आफ्नो अस्तित्व जोगाउन गाह्रो पर्ला। कांग्रेस भन्दा छोटो इतिहास भएका पार्टीले आफ्नो पार्टीको जग्गा र भवन जोड्दा समेत २०४७ सालदेखि सत्ताको केन्द्रमा रहेको पार्टीको आफ्नै पार्टी भवन नहुनु लज्जाको विषय थियो। त्यो लज्जाबोधलाई मेट्न क्षेत्र, जिल्ला र केन्द्रसम्मको संस्थागत भौतिक अस्तित्व (जग्गा/भवन) ले पूर्ण बनाउन सफल व्यक्तिलाई यो वा त्यो वाहानामा पाखा लगाएर पनि कांग्रेस बलियो बनेन। दशबर्ष सशस्त्र विद्रोह गरेको पार्टी माओवादीलाई २०४७ सालको संविधान अन्तर्गत नै शान्तिपूर्ण राजनीतिको मूल प्रवाहमा ल्याउन झण्डै सफलता हासिल गरेका (राजाले शाही शासन लगाएका कारण असफल भएको) व्यक्ति गोविन्दराज जोशी जस्ता कांग्रेसका हस्तीहरूलाई किनारा लगाउन खोज्नु कांग्रेसको विनाश र नेपाललाई असफल राष्ट्र मात्र बनाउन सक्ने छ। त्यो भन्दा ठूलो उपलब्धिलाई सत्य र निष्ठाको अपमानले छेक्ने छ।
राष्ट्रिय अस्तित्व रक्षा अबको कार्यदिशा
नेपाली कांग्रेस यतिबेला सिद्धान्तविहीन पार्टी, नीतिविहीन पार्टी र कार्यक्रमविहीन पार्टी बन्दै गएको छ। अहिले कांग्रेस ओरालो लाग्दै गएको महसुस हुन थालेको छ। कांग्रेसले समयसापेक्ष आफ्नो पार्टी नीतिमा परिमार्जन गर्नुपर्नेमा आफ्नो स्थापित मूल्य मान्यता र नीतिलाई छोडेर माओवादीको पछि लागेको सन्देश बौद्धिक समुदाय माझ जान थालेको छ। आज कांग्रेस भन्न नहुने व्यथा साह्रो परेको अवस्थामा छ। मधेशमा सरल र सहज ढङ्गबाट ४० लाख नागरिकता दिंदा गैरनेपालीको हातमा नागरिकता पुगेको महसुस राज्यलाई भएको छ। धर्म निरपेक्षता हटाउने हतारो पनि गर्न नपरेको पश्चातप विशेषगरी कांग्रेसलाई भएको छ।
भैंसी पूजा गर्न थाल्नेहरूलाई यतिबेला गर्ब लागेको हुनुपर्दछ। जातीय राज्य वनाउने तथा एक मधेस एक प्रदेशको निर्णयले आगामी दिनमा राजनीतिक दल र राष्ट्रवादी धारका नेताहरूलाई पश्चाताप भएको छ। यस कठिन मोडमा नेपालको राष्ट्रिय अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्ने राजनीतिक शक्तिहरूको मेल अनिवार्य छ। आफ्नो ज्यानको प्रवाह नगरी पञ्चायतसंग मिलेर राष्ट्रियता जोगाउन नेपाल प्रवेश गर्ने विश्वेश्वरप्रसाद कोईरालाको पार्टी नेपाली कांग्रेसको अबको कार्यगत एकता राष्ट्रवादीसंग हुनुपर्दछ। क्रान्तिकारी परिवर्तन, अग्रगमन, नयाँ नेपाल, दलित जनजातिको मुक्ति जस्ता नारा फगत नेपाल र नेपालीको राष्ट्रिय स्वाभिमानलाई बन्धक राख्ने षड्यन्त्रमा परिणत हुँदै गए। आजका राजनेतामा हिजोका वि.पी.मा भएको दूरदर्शिता देखिएन। वि.पी.द्वारा प्रतिपादित नीति र सिद्धान्तको समयसापेक्ष व्याख्याको योग्यता आजका नेतामा देखिन। यदि समयमै कांग्रेसले आफ्नो पहिचान नेपाली जनता समक्ष देखाउन र कायम राख्न सकेन भने कांग्रेस इतिहासको पानामा सीमित हुदैन भनेर भन्न सकिदैन।        – समाप्त

प्रतिक्रिया
सम्बन्धित खवर

मुलुकमा सङ्घीयता आइसकेपछि हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुख पदमा निर्वाचित हुनुभएका नागेश कोइराला राजनीतिक वृत्तमा मात्र नभई

राजनीतिक दलले मध्यमार्गी बाटो निकाल्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौतालाई निष्र्कषमा पुर्‍याएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकबाट बाह्रबुँदे व्याख्यात्मक घोषणासहित सम्झौता

डा. सुरेश आचार्य नेपालको राजनीतिमा संसदीय संस्कृतिको अपचलन चरम अवस्थामा पुगेको छ । संसदीय अपसंस्कृतिको पछिल्लो अभ्यास यसअघिका प्रधानमन्त्री केपी शर्मा

सम्माननीय सभामुख महोदय ! राष्ट्रिय स्वाधीनतासँग सम्बन्धित विषयलाई यस्तो होहल्ला र गञ्जागोल वातावरणमा छलफलका लागि पेश गरिनु आपत्तिजनक छ ।