यसरी रोकियो आदिवासी जनजातीको नयां पार्टी गठन–प्रक्रिया

२६ श्रावण २०६९, शुक्रबार ०६:५० मा प्रकाशित

काठमाडौं, २६ साउन । आपसमा मत बाझिएपछि आदिवासी जनजातीहरुले गठन गर्ने भनिएको नयां पार्टीको घोषणा पत्र मात्र जारी गरिएको छ । नयां पार्टी घोषणा गर्ने भन्दै राजधानीमा बिहिबार पत्रकार सम्मेलन घोषणा गरिए पनि नेताहरुबीच मतैक्यता हुन नसकेपछि प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल राष्ट्रिय पार्टीको घोषणापत्र मात्र जारी गरिएको हो । विभिन्न आठवटा जातीय संगठनहरुको पहलमा एमालेका उपाध्यक्ष अशोक राई र कांग्रेसका इन्द्रबहादुर राईको नेतृत्व रहनेगरी आगामी असोज महिनाभित्र पार्टी घोषणा गरिने निर्णयका साथ तत्कालका लागि घोषणापत्र मात्र जारी गरिएको नेताहरुले बताएका छन् ।
सबैतिर छलफल र बहस चलाएर प्राप्त सुझावका आधारमा पार्टीको घोषणा गर्ने अवधारणाका साथ हाल पार्टीको घोषणा नगरिएको सम्वद्ध पक्षको तर्क छ । यसका लागि कृष्णबहादुर भट्टचनको संयोजकत्वमा एक कार्यदल बनाई देशव्यापी बहस चलाइने बताइएको छ । भट्टचनले नयां खोलिने पार्टी जातीय वा क्षत्रिय नभई राष्ट्रिय हुने दाबी गरे ।
एमालेका केही असन्तुष्ट नेताहरुले ततकाल अर्को पार्टी खोल्नुभन्दा पार्टीभित्रै अधिकारका लागि अन्तर्संघर्ष गर्नु उचित हुने भन्दै असहमति जनाएपछि तत्काल पार्टी गठनको प्रक्रियालाई अर्को मोड प्रदान गरिएको सुत्रले जनायो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले धान चामलको उत्पादन र उत्पादकत्व वृद्धि गर्दै यसको आयात प्रतिस्थापन गर्ने रणनीति लिएको बताएका

काठमाडौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका अवसरमा आज खेतमा काम गरी दहीच्युरा खाएर मनाइँदै छ ।

काठमाडौं । देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा

नेपाल र भारतबीच महाकाली एकीकृत विकास सन्धि भएको २६ वर्षपछि नेपालले पानी पाएको छ। सन् १९९६ मा नेपाल र भारतबीच

आजको प्रमुख समाचार